Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

२०८३ भदौ २२ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, भाद्र, २२
२०८३ भदौ २२ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

मेष राशि-
नसरा तथा जोर्नीसम्बन्धी समस्याले सताउन सक्छ। अल्छिपना बढ्ने छ। वैदेशिक यात्रा तथा नयाँ कार्यको शुभारम्भका लागि समय उत्तम छ। कुलदेवतालाई मिष्ठान्न अर्पण गरी दिनको सुरुवात गर्नुहोला।

बृष राशि-
ज्येष्ठ नागरिकको सम्मान र सेवा गर्ने अवसर प्राप्त हुनेछ। बोलीको प्रभावले रोकिएका महत्त्वपूर्ण काम बन्नेछन्। आज गरिब तथा असहायहरूलाई खिर भोजन गराउनु शुभ हुनेछ।

मिथुन राशि-
आजको दिन अत्यन्त शुभ छ। नयाँ योजना बनाउन र नयाँ कामको शुभारम्भ गर्न समय अनुकूल छ। पारिवारिक सुख मिल्नेछ। गुरु तथा मातापिताको सेवा गर्नुहोला। आज केरा दान गर्दा कल्याण हुनेछ।

कर्कट राशि-
नयाँ वस्तुको खरिद-बिक्रीका लागि दिन शुभ छ। निर्माणसम्बन्धी कार्य अगाडि बढाउन आजको दिन महत्त्वपूर्ण रहनेछ। आज चिनी वा मिस्री दान गर्नाले शुभ फल प्राप्त हुनेछ।

सिंह राशि-
शरीरमा स्फूर्ति रहनेछ र नयाँ अवसरहरू प्राप्त हुने योग छ। सामान्य हाडजोर्नीमा चोटपटक लाग्न सक्ने भएकाले सतर्क रहनुहोला। आमाबुवाको आशीर्वाद लिएर दिनको शुभारम्भ गर्नुहोला।

कन्या राशि-
जागिरमा सोचेजस्तो लाभ नमिल्न सक्छ, तर व्यापार(व्यवसायबाट राम्रो लाभ हुनेछ। मावली तथा माइती पक्षबाट सुख प्राप्त हुनेछ। पारिवारिक सम्बन्ध स्थिर रहनेछ। आज मुँगको दाल दान गरेर दिनको सुरुवात गर्नुहोला।

तुला राशि-
घमण्ड र अभिमान घट्दै जानेछ। व्यापारमा लाभ मिल्नेछ। दाजुभाइसँगको सम्बन्धमा केही खटपट हुन सक्छ। विपरीत लिङ्गीप्रतिको आकर्षण बढ्नेछ। आज फलामजन्य वस्तुको प्रयोग कम गर्नुहोला।

वृश्चिक राशि-
पराक्रम र उत्साह बढ्ने समय छ। सञ्चारका माध्यमबाट शुभ समाचार पाइनेछ। रोकिएका कामहरू बन्दै जानेछन्। पारिवारिक सुख प्राप्त हुनेछ। साँझपख पिपलको वृक्षको दर्शन गर्दा शुभ हुनेछ।

धनु राशि-
पारिवारिक झैझगडा र झमेला बढ्न सक्छ। मन उदास हुने र एकान्त प्रिय लाग्नेछ। काम गर्ने जाँगरमा कमी आउनेछ भने बोलीमा रुखोपन आउन सक्छ। आज शनि चालिसा पाठ गरी दिनको सुरुवात गर्नुहोला।

मकर राशि-
देवीदेवताको सेवा र पूजापाठ गर्ने अवसर प्राप्त हुनेछ। दाजुभाइसँगको सम्बन्धमा सुधार आउनेछ। धन वृद्धि हुनेछ भने बोलीको प्रभाव बढ्नेछ। आज गहुँबाट बनेका परिकार खाने र खुवाउनाले शुभ फल प्राप्त हुनेछ।

कुम्भ राशि-
मनोरञ्जनमा दिन बित्नेछ। सोचेका कामहरू पूरा हुनेछन्। आज कसैको पनि अपमान नगर्नुहोला, ईश्वरको कृपा प्राप्त हुनेछ। जीवनसाथी वा साझेदारसँग राम्रो सम्बन्ध कायम राख्दा फाइदा हुनेछ।

मीन राशि-
भगवान् शिवको दर्शन गरी दिनको शुभारम्भ गर्नुहोला। सन्तानबाट सुख प्राप्त हुनेछ। धन-सम्पत्ति तथा रत्न आदिबाट लाभ मिल्नेछ। पेटसम्बन्धी समस्या भने कायमै रहन सक्छ।

Top Changing Nepal

युट्युब सट्स