ब्रहमाण्डका रहस्य खोतल्न नासाको ‘रोमन स्पेस टेलिस्कोप’ अन्तरिक्षमा
वासिंटन डिसी । ब्रहमाण्ठका अझै अनुत्तरित रहस्य र संरचनाको अध्ययन गर्ने उद्धेश्यले अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ‘रोमन स्पेस टेलिस्कोप’ सफलतापुर्वक प्रक्षेपण गरेको छ । फ्लोरिडास्थित केनेडी स्पेस-एक्सको फाल्कन हेभी रकेटमार्फत प्रक्षेपण गरिएको यो टेलिस्कोप अहिले पृथ्वीबाट करिब १५ लाख किलोमिटर टाढा रहेको सन-अर्थ ल्याग्रान्ज पोइन्ट-२ (एल २) तर्फ अघि बढिरहेको छ ।
एल २ सम्म करिब एक महिना लाग्ने र त्यसपछि नासाले करिब तीन महिनासम्म टेलिस्कोपका प्रणाली तथा वैज्ञानिक उपकरणको परीक्षण गर्नेछ । परीक्षण पुरा भएपछि मात्रै यसको मुख्य वैज्ञानिक अभियान सुरु हुनेछ ।
रोमन टेलिस्कोपमा २.४ मिटरको मुख्य ऐना र वाइड फिल्ड इन्स्ट्रुमेन्ट जडान गरिएको छ । यसले हबल स्पेस टेलिस्केपको भन्दा एकैपटक करिब १०० गुणा ठुलो आकाशीय क्षेत्र अवलोकन गर्न सक्नेछ ।
यसले मुख्य रुपमा डार्क म्याटर र डार्क इनर्जीको अध्ययन गर्नुका साथै आकाशगंगाको विकास र सौर्यमण्डल बाहिरका ग्रहको खोजीमा सहयोग गर्नेछ । रोचक कुरा,यसको प्रारम्भिक डिजाइन जासुसी उपग्रह कार्यक्रमका लागि गरिएको थियो र सन् २०१२ मा एनआरओले यसलाई नासालाई हस्तान्तरण गरेको थियो ।
सम्बन्धित समाचार
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

