मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
काठमाडौँ । मिड भ्याली इन्टरनेसनल कलेजको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । ‘डिजिटल ट्रान्फर्मेसन एन्ड इनोभेसनःशेपिङ द फ्युचर अफ बिजनेस,टेक्नोलाजी एन्ड हस्पिटालिटि’ विषयमा आयोजित सम्मेलनमा अनुसन्धान,प्रविधि,कृत्रिम बौद्दिकता,पर्यटन,डिजिटल वित्तीय सेवा र आतिथ्य क्षेत्रको विकासबारे छलफल गरिएको बताइएको छ ।
सम्मेलनमा अनुसन्धानलाई कागजमा मात्र सीमित नराखी त्यसबाट प्राप्त ज्ञान र निष्कर्षलाई व्यवहारमा प्रयोग गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका जनाइएको छ । कलेजका अध्यक्ष रितिन राणाले अनुसन्धानबाट प्राप्त उपलब्धिलाई आवश्यक क्षेत्रमा प्रयोग गर्न सके त्यसले समाज र देशको विकासमा योगदान पुर्याउने बताए ।

कलेजका रिसर्च हेड डा.पदम ढुंगेलले यस्ता सम्मेलनले अनुसन्धानकर्ताबीच ज्ञान आदानप्रदान गर्ने,नयाँ विचार गर्ने र आगामी अनुसन्धानका लागि आधार तयार गर्ने वातावरण बनाउने बताए । उनले सम्मेलनमा प्रस्तुत अनुसन्धानले भविष्यमा नयाँ ज्ञान,प्रविधि तथा समाधानको विकासमा सहयोग पुग्ने धारणा राखे ।
सम्मेलनमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा.सतीशकुमार ओझाले प्रविधिको तीव्र विकाससँगै व्यवसाय ,सेवा प्रवाह र मानव जीवनमा आएको परिवर्तनबारे चर्चा गरे । उनले कृत्रिम बौद्धिकतालाई सही ढंगले प्रयोग गर्दै उत्पादकत्व र सेवा सहज बनाउनुपर्नेमा जोड दिए ।

सम्मेलनमा विभिन्न अनुसन्धानकर्ताले व्यवसाय,प्रविधि,पर्यटन,वातावरण,स्वास्थ्य,यातायात ,डिजिटल भुक्तानी,सूचना सुरक्षा,डिजिटल उद्यमशीलतालगायत विषयमा अनुसन्धानपत्र प्रस्तुत गरेका जनाइएको छ । आयोजकका अनुसार सम्मेलनले विद्यार्थी,प्रध्यापक,अनुसन्धानकर्ता तथा प्रविधि र व्यवसाय क्षेत्रका सरोकारवालाबीच नयाँ ज्ञान तथा अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गरेको छ ।
कलेजले आगामी वर्ष सम्मेलनलाई राष्ट्रिय तहबाट अन्तराष्ट्रिय स्तरमा विस्तार गर्ने तयारीसमेत गरेको जनाएको छ । सम्मेलनमा स्वदेश तथा विदेशका अनुसन्धानकर्ता,विज्ञ तथा प्राज्ञिक क्षेत्रका व्यक्तिलाई सहभागी गराउने योजना रहेको बताइएको छ ।
सम्बन्धित समाचार
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
