२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
मेष राशि-
साझेदारी कामबाट फाइदा हुनेछ। नयाँ कार्यको योजना बन्नेछ। कामबाट सुख प्राप्त हुनेछ। पशुपालन तथा सवारीसाधनबाट लाभ मिल्नेछ। आज रातो रुमाल दान गर्दा शुभ हुनेछ।
वृष राशि-
आर्थिक पक्ष सुधार हुनेछ। शारीरिक स्फूर्तिमा कमी आउन सक्छ। शत्रुहरू पराजित हुनेछन्। मुद्दामामिलामा जित्ने योग छ। आज कन्याहरूलाई कपडा वा श्रृङ्गारका सामान दान गर्दा शुभ हुनेछ।
मिथुन राशि-
परिवारमा खुसीयाली बढ्नेछ। आर्थिक पक्ष सामान्य रहनेछ। आत्मबल बढ्नेछ र मन प्रसन्न रहनेछ। आज पिता वा गुरुको सम्मान गर्दा शुभ फल प्राप्त हुनेछ।
कर्कट राशि-
आर्थिक प्रगतिमा बाधा आउन सक्छ। दाम्पत्य सुख वृद्धि हुनेछ। नयाँ वस्तु खरिद गर्ने अवसर मिल्नेछ। साँझ चन्द्रमालाई सेतो फूल र जल अर्पण गर्नुहोला।
सिंह राशि-
छोटो दूरीको यात्राको अवसर मिल्नेछ। धार्मिक कार्यमा मन जानेछ। सृजनात्मक र रचनात्मक काम हुनेछ। ‘ॐ घृणि सूर्याय नमः’ मन्त्र जपेर सूर्यलाई जल अर्पण गर्दा शुभ फल मिल्नेछ।
कन्या राशि-
आज सुनको प्रयोग नगर्नुहोला। यात्रा गर्दा सावधान रहनुहोला। साँझको तुलनामा बिहानको समय निकै शुभ रहनेछ। शिवजीलाई बेलपत्र चढाएर दिनको शुभारम्भ गर्नुहोला।
तुला राशि-
धुम्रपान तथा मद्यपान सेवन नगर्नुहोला। सवारीसाधनबाट कष्ट हुन सक्छ। मावली पक्षबाट नराम्रो व्यवहारको सामना गर्नुपर्ने हुन सक्छ। आज पलासको बिरुवा स्पर्श गरेर दिनको सुरुवात गर्नुहोला।
वृश्चिक राशि-
मन प्रसन्न रहनेछ। दिउँसो १२ बजेपछि नयाँ कामको अवसर प्राप्त हुनेछ। हाडजोर्नीमा समस्या आउन सक्छ। हनुमानजीको स्मरण गर्दै रातो टीका लगाएर दिनको शुभारम्भ गर्नुहोला।
धनु राशि-
पारिवारिक समस्यामा दिन बित्न सक्छ। आमाबाबुको सेवा गर्ने अवसर मिल्नेछ। अध्ययनरअध्यापनमा सफलता मिल्नेछ। व्यापार वा नोकरी सामान्य रहनेछ। आज केरा वा पहेँलो फल दान गर्दा शुभ हुनेछ।
मकर राशि-
मान-सम्मान बढ्दै जानेछ। बिहानभन्दा बेलुकाको समय आनन्दमय रहनेछ। प्रेमबाट सुख प्राप्त हुनेछ। आजको दिन श्रम र धैर्यता राख्नुमै भलाइ हुनेछ।
कुम्भ राशि-
मन चञ्चल रहनेछ। आफन्तबाट घात हुन सक्छ। सन्तानको चिन्ता रहनेछ। आमाबाबुको आशीर्वाद लिनुहोला र पाञ्चायन देवताको सेवा गर्दा दिन शुभ रहनेछ।
मीन राशि-
स्वास्थ्यमा समस्या देखिन सक्छ। मन प्रसन्न रहनेछ। सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ। आज पहेँलो वस्तुको अधिकतम प्रयोग गर्दा शुभ हुनेछ।
सम्बन्धित समाचार
२०८३ असोज २४ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १८ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
