यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
काठमाडौँ। गत सोमवार राती लामिन यामालले गोल गर्दै रायो भालेकानोविरुद्ध बार्सिलोनालाई २-१ को अग्रता दिलाए। क्याम्प नोउमा ५-२ को जित निकाल्ने क्रममा ला लिगा च्याम्पियन बार्सिलोनाका लागि उनले गरेको दुई गोलमध्ये यो पहिलो थियो।
त्यो पहिलो गोल विशेष थियो, किनभने यामालले यस सिजनको आफ्नो पहिलो गोलका रूपमा उत्कृष्ट ढङ्गले बललाई पोस्टको माथिल्लो कुनामा प्रहार गरेका मात्र थिएनन्, क्लबका लागि १५४ औँ सिनियर खेल खेल्ने क्रममा सबै प्रतियोगिताहरूमा यो उनको ५० औँ गोल पनि थियो।
मात्र १९ वर्ष ५५ दिनको उमेरमा यामालले बार्सिलोनाका लागि आफ्नो खेल जीवनमा १०५ गोलमा प्रत्यक्ष योगदान (५३ गोल र ५२ असिस्ट) पुर्याउने आश्चर्यजनक उपलब्धि हासिल गरिसकेका छन्।
तर, आधुनिक खेलका महान् खेलाडी बनेका अन्य प्रतिभाशाली युवाहरूको तुलनामा ५० गोलको कोशेढुङ्गा पार गर्ने उनको यो उपलब्धि कस्तो देखिन्छरु आफ्नो खेल जीवनमा ५० गोल पूरा गर्ने सबैभन्दा कान्छा खेलाडीहरूको सूचीमा यामाल पनि पर्छन्, यद्यपि उनी सबैभन्दा कम खेलमा यो उपलब्धि हासिल गर्ने खेलाडी भने होइनन्। त्यो कीर्तिमान म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्डको नाममा छ।
सम्बन्धित समाचार
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
आज धेरै ठाउँमा वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
ब्रहमाण्डका रहस्य खोतल्न नासाको ‘रोमन स्पेस टेलिस्कोप’ अन्तरिक्षमा
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

