बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र एनआईबीएल इक्विटी पार्टनर्स बाट रु.२१ लाख सहयोग गरिएको बताइएको छ। कम्पनीका अनुसार,उक्त सहयोग प्रधानमन्त्री दैवीप्रकोप उद्धारकोष मार्फत प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रदान गरिएको हो।
यसैगरी,एन आईबीएल इक्विटी पार्टनर्सका पोर्टफोलियो कम्पनीहरूबाट समेत प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि सामूहिक रूपमा करिब रु. ३५ लाख नगद सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ। यस सँगै एनआईएमबी एस क्यापिटल, एनआईबीएल इक्विटी पार्टनर्स तथा यस कापोर्ट फोलियो कम्पनीहरू बाट बाढी प्रभावितका लागि रु.५६ लाख भन्दा बढी सहयोग जुटाइएको बताइएको छ।
बाढी बाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन लगायतका जिल्लाको पुनर्निर्माण तथा दीर्घकालीन विकासमा समेत आवश्यक सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको छ। प्रभावित क्षेत्रको आर्थिक गतिविधिलाई थप चलायमान बनाउन भविष्यमा लगानीका अवसर विस्तार गर्नुका साथै शाखा सञ्जाल विस्तार मार्फत पुँजीबजारको पहुँच र वित्तीय सेवाको पहुँचलाई थप सहज बनाउने पहल गरिने जनाइएको छ।
यस पहलमार्फत प्रभावित जिल्लाका परिवार तथा समुदायलाई वित्तीय सेवा सँग थप जोड्न तथा दीर्घकालीन रूपमा स्थानीय आर्थिक विकासमा योगदान पुर्याउने सहयोग पुग्ने विश्वास लिइएको छ।
बाढीका कारण ज्यान गुमाएका नागरिकहरू प्रति एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्स परिवारको तर्फ बाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना व्यक्त गरिएको छ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
