विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
काठमाडौं । चीनका अग्रणी अटोमोबाइल ब्रान्डहरूमध्ये चेरीले गुणस्तर र विश्वसनीयताप्रतिको आफ्नो निरन्तर प्रतिबद्धतालाई पुनः प्रमाणित गरेको छ। २०२६ जे.डि पावर चाइना भेइकल डिपेन्डेबिलिटी स्टडी (भीडिएस) अनुसार चेरी लगातार दोस्रो वर्ष चीनका अटोमोबाइल ब्रान्डहरूमध्ये सवारी साधनको विश्वसनीयतामा नम्बर १ स्थानमा पर्न सफल भएको छ।
यस उपलब्धिले दीर्घकालीन गुणस्तर, टिकाउपन र भरपर्दो प्रदर्शन प्रदान गर्ने सवारी साधन निर्माण गर्ने चेरी को प्रतिबद्धतालाई थप बलियो बनाउनुका साथै विश्व बजारमा चेरीको बढ्दो प्रतिष्ठालाई समेत यस मान्यताले थप मजबुत बनाएको जनाइएको छ।
नेपालमा चेरीका लागि पनि यो उपलब्धि विशेष महत्वको समयमा आएको छ। नेपालमा चेरी क्यूको हालैको सुरुवातसँगै चेरी ग्रुप अन्तर्गतका ओमोडा,जेइकु र आईकाउर ब्रान्डहरूको उपस्थिति पनि विस्तार भइरहेको बताइएको छ। कम्पनीका अनुसार,यी ब्रान्डहरूले नेपाली उपभोक्ताका लागि आधुनिक डिजाइन, स्मार्ट प्रविधि र विविध आवश्यकतालाई सम्बोधन गर्ने सवारी साधनहरूको फराकिलो पोर्टफोलियो प्रस्तुत गरिरहेका छन्।
२०२६ जे.डि पावर चाइना भेइकल डिपेन्डेबिलिटी स्टडी (भीडिएस) ले १३ देखि ४८ महिनासम्म पुराना सवारी साधनका मालिकहरूले पछिल्लो ६ महिनाको अवधिमा अनुभव गरेका समस्याहरूका आधारमा सवारी साधनको विश्वसनीयता मूल्याङ्कन गर्दछ। यस अध्ययनमा चीनका ८० वटा सहरका ११,००० भन्दा बढी सवारीधनी, ३४ वटा ब्रान्डका १०९ मोडल समेटिएका जनाइएको छ।
जे.डि पावरको यस निरन्तर मान्यताले ग्राहकका बदलिँदा अपेक्षाअनुसार गुणस्तरीय, टिकाउ र भरपर्दा सवारी साधन निर्माण गर्न चेरीले गर्दै आएको निरन्तर प्रयासलाई प्रतिबिम्बित गर्ने बताइएको छ। यो उपलब्धिले चेरीका ग्राहकहरूलाई खरिददेखि दीर्घकालीन स्वामित्वसम्मको यात्रामा थप आत्मविश्वास प्रदान गर्ने ब्रान्डको प्रतिबद्धतालाई समेत उजागर गरेको कम्पनीले जनाएको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
