शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्मको अवसर
काठमाडौं । शाओमी नेपालले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘शाओमी किन्दा उपहार एभ्रीडे, बम्परमा थाइल्यान्ड होलिडे’ योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार,यस योजनाअन्तर्गत नयाँ शाओमी वा रेडमी मोबाइल फोन खरिद गर्ने ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहार जित्ने अवसर पाउनेछन्।
योजनाअन्तर्गत हरेक दिन ८ जना भाग्यशाली विजेताले २ हजार ४ सय ९९ रुपैयाँ मूल्य पर्ने रेडमी बड्स ६ प्ले प्राप्त गर्ने बताइएको छ । त्यसैगरी, हरेक साता १० जना विजेताले १० हजार ९ सय ९९ रुपैयाँ मूल्य पर्ने रेडमी वाच ६ एक्टिभ प्राप्त गर्नुका साथै ४ जना भाग्यशाली बम्पर विजेताले ४ दिन ५ रातको थाइल्यान्ड भ्रमण गर्ने अवसर पाउने जनाइएको छ ।
योजनामा सहभागी हुन ग्राहकले नयाँ शाओमी वा रेडमी मोबाइल फोन खरिद गरी मोबाइलको आइएमइआई नम्बर +९७७ ९७०२६६५७९० नम्बरको ह्वाट्सएपमा एमआई आइएमइआई नम्बर १ वा एमआई आइएमइआई नम्बर २ टाइप गरी पठाउनुपर्नेछ। उदाहरणका लागि, MI xxxxxxxxxxx लेखेर पठाउन सकिनेछ। विजेताको छनोट लक्की ड्रमार्फत गरिनेछ भने विजेताको घोषणा शाओमी नेपालको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिने जनाइएको छ।
यो योजना असोज ९ गतेदेखि मंसिर ९ गतेसम्म सञ्चालन हुने छ भने योजनामा सहभागी हुने ग्राहकले कम्पनीले तोकेका सम्पूर्ण नियम तथा सर्तहरू पालना गर्नुपर्ने बताइएको छ। चाडपर्वको अवसरलाई थप विशेष बनाउने उद्देश्यले ल्याइएको यस योजनामार्फत शाओमी नेपालले मोबाइल फोन खरिदसँगै आकर्षक उपहार तथा थाइल्यान्ड भ्रमणको अवसर प्रदान गर्न लागेको जनाइएको छ ।
सम्बन्धित समाचार
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
