Jankari Kendra
१३ आश्विन २०८३, मंगलवार
Worldlink

रिडाराले ल्यायो ‘फेस्टिभ एडभेन्चर्स अवेट’ अभियान, पक्का उपहारसँगै बम्पर पुरस्कार जित्ने अवसर

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, आश्विन, १३
रिडाराले ल्यायो ‘फेस्टिभ एडभेन्चर्स अवेट’ अभियान, पक्का उपहारसँगै बम्पर पुरस्कार जित्ने अवसर

काठमाडौं । जिली अटो ग्रुपअन्तर्गतको विश्वव्यापी विद्युतीय सवारी ब्रान्ड रिडाराले चाडपर्वलाई लक्षित गर्दै ‘फेस्टिभ एडभेन्चर्स अवेट’ अभियान सार्वजनिक गरेको छ। यस अभियानअन्तर्गत रिडारा इकोन इलेक्ट्रिक पिकअप खरिद गर्ने ग्राहकले आकर्षक उपहारसँगै बम्पर पुरस्कार जित्ने अवसर पाउने जनाइएको छ।

अभियान अवधिभर रिडारा इकोन खरिद गर्ने प्रत्येक ग्राहकले नथिङ फोन ए ४ प्रो पक्का उपहार प्राप्त गर्नुका साथै एक भाग्यशाली ग्राहकले बम्पर पुरस्कारस्वरूप हिरो एक्सपल्स प्रो मोटरसाइकल जित्ने अवसर पाउने कम्पनीले बताएको छ।

चाडपर्वको यात्रालाई अझ सहज, आरामदायी र रोमाञ्चक बनाउने उद्देश्यले यो अभियान ल्याइएको जनाइएको छ । दैनिक यात्रा, व्यावसायिक प्रयोग तथा साहसिक यात्राका लागि तयार गरिएको रिडारा इकोनमा आधुनिक विद्युतीय प्रविधि, उपयोगिता र भरपर्दो कार्यक्षमताको संयोजन रहेको कम्पनीले जनाएको छ।

नेपालका विभिन्न सडकमा सहज रूपमा चलाउन सकिने रिडारा इकोन ४×४ मा २२५ एमएमको न्यूनतम ग्राउन्ड क्लियरेन्स, ४८५ एनएमको पिक टर्क र १,२३५ केजीसम्मको भारवहन क्षमता रहेको छ भने यी विशेषताले यसलाई सहरी सडक, राजमार्ग, उकालो बाटो तथा कठिन भूभागमा समेत उपयोगी बनाउँने बताइएको छ।

रिडारा इकोनमा सुरक्षा र टिकाउपनलाई पनि विशेष प्राथमिकता दिइएको छ भने यसमा ब्याट्री सुरक्षाका छ वटा प्रमुख प्रविधि तथा धुलो र पानीबाट सुरक्षा प्रदान गर्ने आईपी ६८ रेटेड ब्याट्री प्याक उपलब्ध जनाइएको छ। फराकिलो क्याबिन, आकर्षक डिजाइन र उपयोगी कार्गो स्पेसले यसलाई व्यक्तिगत तथा व्यावसायिक दुवै आवश्यकताका लागि उपयुक्त बनाउँने कम्पनीको दाबी छ।

‘फेस्टिभ एडभेन्चर्स अवेट’ अभियानमार्फत रिडाराले चाडपर्वलाई अझ उत्साहपूर्ण बनाउँदै ग्राहकलाई विद्युतीय सवारीसँग नयाँ यात्रा र सम्भावनाको अनुभव गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ। यो अभियान असोज ६ गतेदेखि कात्तिक २९ गतेसम्म सीमित अवधिका लागि लागू हुनेछ। नियम तथा सर्तहरू लागू हुने जनाइएको छ।

Top Changing Nepal

युट्युब सट्स