Jankari Kendra
१३ आश्विन २०८३, मंगलवार
Worldlink

सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु.३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, आश्विन, १३
सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु.३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार

काठमाडौँ। नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै सेन्साइ ले विशेष उत्सव योजना सार्वजनिक गरेको छ। ‘अँध्यारोपछि उज्यालो आउँछ। यो दसैँ, आशा नछोडौँ । हामी सँगै छौँ।’ भन्ने भावनात्मक सन्देशसहित ल्याइएको यस योजनाले चाडपर्वको अवसरमा उपभोक्तालाई आकर्षक बचत, उपयोगी उपहार र सहज खरिद सुविधा प्रदान गर्ने उद्देश्य कम्पनीले राखेको छ।

यस विशेष योजनाअन्तर्गत सेन्साइका विभिन्न घरायसी तथा इलेक्ट्रोनिक्स उत्पादन खरिद गर्ने उपभोक्ताले रु.३०,१०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्ने जनाइएको छ। सेन्साइले यस योजनामा वाशिङ मेसिन, रेफ्रिजरेटर, चेस्ट फ्रिजर, एयर कूलर, भ्याकुम क्लिनर तथा अन्य घरायसी उपकरणहरू समावेश गरेको बताइएको छ।

उपभोक्ताका लागि पक्का उपहारको व्यवस्था गरिएको छ, योजनाअन्तर्गत फ्रन्ट लोड वाशिङ मेसिन खरिदमा ६ केजी सर्फ एक्सेल तथा सेमी–अटोमेटिक वाशिङ मेसिन खरिदमा २ केजी सर्फ एक्सेल निःशुल्क प्रदान गरिनेछ। यसले चाडपर्वमा नयाँ उपकरण खरिद गर्ने उपभोक्तालाई थप मूल्य र सुविधा प्रदान गर्ने विश्वास कम्पनीले लिएको  छ।

यसका अतिरिक्त, योजनामा सहभागी उपभोक्ताले बम्पर उपहारस्वरूप सेन्साइ डाइरेक्ट ड्राइभ वाशिङ मेसिन जित्ने अवसर समेत प्राप्त गर्ने जनाइएको छ। बम्पर उपहारमा सहभागी हुन उपभोक्ताले योजनामा उपलब्ध क्युआर कोड स्क्यान गरी आवश्यक विवरण दर्ता गर्न सक्ने कम्पनीले जनाएको छ। सेन्साइले आफ्नो डाइरेक्ट ड्राइभ प्रविधियुक्त वाशिङ मेसिनमार्फत आधुनिक प्रविधि, सहज प्रयोग र प्रभावकारी धुलाई अनुभवमा जोड दिँदै आएको बताएको छ।

उपभोक्ताको खरिद प्रक्रियालाई अझ सहज बनाउन शून्य प्रतिशत ब्याजदरमा इएमआई तथा एक्सचेन्ज सुविधा समेत उपलब्ध गराइएको जनाइएको छ। यसरी क्यासब्याक, पक्का उपहार, बम्पर उपहार तथा सहज किस्ताबन्दी सुविधालाई एउटै योजनामा समेटेर सेन्साइले दसैँको किनमेललाई थप सहज र आकर्षक बनाउने प्रयास गरेको कम्पनीको दाबी छ।

यो विशेष उत्सव योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको छ भने दसैँ केवल किनमेलको समय मात्र नभई परिवारसँग खुसी, आशा र आत्मीयता बाँड्ने पर्व भएको भावनालाई केन्द्रमा राख्दै सेन्साइले यस वर्षको अभियान तयार गरेको बताइएको छ।

चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले नेपालमा सेन्साइका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। नेपालभरिका आधिकारिक डिलर नेटवर्क, २२ वटा सिजी डिजिटल शोरुम तथा cgdigital.com.np मार्फत सेन्साइका विभिन्न उत्पादनहरू उपलब्ध छन् भने उपभोक्ताले आफ्नो परिवारको आकार, घरायसी आवश्यकता र जीवनशैलीअनुसार वाशिङ मेसिन, रेफ्रिजरेटर, चेस्ट फ्रिजर, एयर कूलर, भ्याकुम क्लिनर तथा अन्य इलेक्ट्रोनिक्स र घरायसी उपकरणका विभिन्न मोडलहरू छनोट गर्न सक्ने कम्पनीले जनाएको छ। सेन्साइले आधुनिक प्रविधियुक्त, उपयोगी तथा उपभोक्तामैत्री उत्पादनहरूमार्फत नेपाली ग्राहकहरूको आवश्यकता पूरा गर्दै आइरहेको छ भने शर्तहरु लागु हुने बताइएको छ।

Top Changing Nepal

युट्युब सट्स