Jankari Kendra
१४ आश्विन २०८३, बुधबार
Worldlink

क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, आश्विन, १४
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार

काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै क्रम्पटनले विशेष उत्सव योजना सार्वजनिक गरेको छ। ‘सेलिब्रेट दशैं विथ टुगेदरनेस’ भन्ने सन्देशसहित ल्याइएको यस योजनाअन्तर्गत उपभोक्ताले क्रम्पटनका विभिन्न घरायसी तथा इलेक्ट्रिकल उपकरण खरिदमा आकर्षक क्यासब्याक, बम्पर उपहार तथा सहज खरिद सुविधा प्राप्त गर्न सक्ने बताइएको छ।

यस विशेष योजनाअन्तर्गत क्रम्पटनका सिलिङ फ्यान, एयर कूलर, गिजर, टेबल तथा पेडेस्टल फ्यान, मिक्सर ग्राइन्डर, आइरनलगायतका विभिन्न उत्पादन खरिदमा उपभोक्ताले २५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्ने जनाइएको छ। चाडपर्वको अवसरमा घरायसी आवश्यकताका उत्पादनमा थप बचत प्रदान गर्दै उपभोक्ताको दसैँ किनमेललाई अझ सहज र आकर्षक बनाउने उद्देश्यले कम्पनीले यो योजना ल्याएको  बताएको छ ।

यसका अतिरिक्त, योजनामा सहभागी उपभोक्ताले बम्पर लक्की ड्रमार्फत माइडियाको ५१९ लिटर मल्टी डोर रेफ्रिजरेटर जित्ने अवसर समेत प्राप्त गर्ने जनाइएको छ। लक्की ड्रमा सहभागी हुन योजनामा उपलब्ध क्यूआर कोड स्क्यान गरी आवश्यक विवरण दर्ता गर्न सकिने बताइएको छ।

कम्पनीका अनुसार,उपभोक्ताको खरिद प्रक्रियालाई थप सहज बनाउन शून्य प्रतिशत ब्याजदरमा ईएमआई तथा एक्सचेन्ज सुविधा समेत उपलब्ध गराइएको छ। क्यासब्याक, बम्पर उपहार र सहज किस्ताबन्दी सुविधालाई एउटै योजनामा समेट्दै क्रम्पटनले परिवारसँग मनाइने दसैँको उत्सवलाई अझ विशेष बनाउने लक्ष्य राखेको बताइएको छ।

यो विशेष उत्सव योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको जनाइएको छ। ‘अमेजिङ, एभ्री डे’ भन्ने ब्रान्ड सन्देशअनुसार क्रम्पटनले आधुनिक प्रविधि, ऊर्जा दक्षता र दैनिक जीवनलाई सहज बनाउने उत्पादनहरूमा निरन्तर जोड दिँदै आएको कम्पनीको दाबी छ।

चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले नेपालमा क्रम्पटनका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। नेपालभरिका आधिकारिक डिलर नेटवर्क, २२ वटा सीजी डिजिटल शोरुम तथा cgdigital.com.np मार्फत क्रम्पटनका विभिन्न उत्पादनहरू उपलब्ध रहेको जनाइएको छ। उपभोक्ताले आफ्नो घरायसी आवश्यकता र जीवनशैलीअनुसार सिलिङ फ्यान, एयर कूलर, गिजर, टेबल तथा पेडेस्टल फ्यान, मिक्सर ग्राइन्डर, आइरनलगायतका विभिन्न मोडलहरू छनोट गर्न सक्नेछन् भने कम्पनीले आधुनिक, ऊर्जा दक्ष तथा उपभोक्तामैत्री उत्पादनहरूमार्फत नेपाली ग्राहकहरूको आवश्यकता पूरा गर्दै आइरहेको बताएको छ । शर्तहरु लागु हुने कम्पनीले बताएको छ।

Top Changing Nepal

युट्युब सट्स