लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
काठमाडौं । टोटल इनर्जिज लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ल्युब आयल प्रालिले ‘रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक मिट २०२६’ कार्यक्रमलाई देशका विभिन्न प्रमुख शहरमा विस्तार गरेको छ ।
बिर्तामोड, इटहरी, विराटनगर, वीरगञ्ज र चितवनमा सम्पन्न कार्यक्रममार्फत ७०० भन्दा बढी रिटेलर, डिलर तथा निजी ग्यारेज मेकानिक प्रत्यक्ष रूपमा सहभागी भएका बताइएको छ ।
अटोमोटिभ बजारसँगको प्रत्यक्ष सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमलाई कम्पनीले उत्पादन प्रवद्र्धनमा मात्र सीमित नराखी व्यवसायी तथा प्राविधिकसँग प्रत्यक्ष संवाद गर्ने प्लेटफर्मका रूपमा अघि बढाएको जनाएको छ ।
कार्यक्रममा रिटेलर, डिलर तथा ग्यारेज मेकानिकसँग लुब्रिकेन्टको प्रयोग, सवारीसाधनअनुसार उपयुक्त उत्पादन छनोट, प्राविधिक आवश्यकता, बजारको अवस्था र ग्राहकको व्यवहारलगायत विषयमा छलफल गरिएको जनाइएको छ ।
कम्पनीका अनुसार बिर्तामोडमा १०० भन्दा बढी, इटहरीमा ९० भन्दा बढी, विराटनगरमा ११० भन्दा बढी तथा वीरगञ्ज र चितवनमा २०० भन्दा बढी सहभागी भएका थिए भने यी पाँच शहरका उपलब्ध तथ्यांकअनुसार कुल सहभागी संख्या ७०० भन्दा बढी पुगेको हो ।
कार्यक्रममा टोटल इनर्जिजका विभिन्न उत्पादन तथा तिनको सही प्रयोगबारे प्राविधिक जानकारी आदानप्रदान गरिएको बताइएको छ। सवारीसाधनको प्रकार, इन्जिन प्रविधि, सञ्चालन अवस्था र निर्माता कम्पनीको सिफारिस अनुसार सही भिस्कोसिटी तथा ग्रेडका लुब्रिकेन्ट छनोट गर्नुपर्नेमा जोड दिइएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा सहभागी रिटेलर तथा मेकानिकले टोटल इनर्जिजका उत्पादन प्रयोगसम्बन्धी आफ्ना व्यावहारिक अनुभव तथा प्रतिक्रिया समेत सेयर गरेका बताइएको छ ।
कम्पनीले ‘ग्यारेज चौतारी’ मार्फत ग्यारेज सञ्चालक, मेकानिक तथा अटोमोटिभ व्यवसायीबीच प्राविधिक ज्ञान र अनुभव आदानप्रदान गर्ने गतिविधि समेत सञ्चालन गर्दै आएको दाबी गरेको छ ।
बिर्तामोड, इटहरी, विराटनगर, वीरगञ्ज र चितवनमा कार्यक्रम सम्पन्न गरेपछि लक्ष्मी ल्युब आयलले आगामी दिनमा नेपालका अन्य प्रमुख शहरमा पनि ‘रिटेलर एन्ड प्राइभेट ग्यारेज मेकानिक मिट २०२६’ आयोजना गर्ने तयारी गरेको जनाइएको छ।
सम्बन्धित समाचार
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
