Jankari Kendra
४ कार्तिक २०८३, मंगलवार

सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, कार्तिक, ४
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो ९औँ वार्षिकोत्सव मनाउँदै करिब ३३ अर्ब रुपैयाँको लगानीसहित वित्तीय अवस्था थप सुदृढ बनाउँदै लगेको जनाएको छ। कम्पनीले प्रविधिमैत्री सेवा, डिजिटल प्रक्रिया र सहज दाबी भुक्तानीलाई प्राथमिकतामा राख्दै ग्राहककेन्द्रित सेवा विस्तार गरिरहेको बताइएको छ।

वार्षिकोत्सवका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले प्राकृतिक विपद्का कारण प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै कठिन परिस्थितिबाट सबैजना नयाँ आशाका साथ अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

कम्पनीले यस वर्ष “च्यालेन्जिङ बट अचिभेबल, एग्रेसिभ बट सस्टेनेबल” भन्ने मूल भावनालाई आत्मसात् गर्दै दिगो र व्यवस्थित रूपमा अघि बढ्ने लक्ष्य लिएको जनाइएको छ।

ग्राहकको विश्वासलाई आफ्नो प्रमुख सम्पत्ति मान्दै सिटिजन लाइफले जीवन बीमामार्फत परिवारको सुरक्षा, आर्थिक स्थायित्व र समृद्धिमा प्रभावकारी साझेदार बन्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।

यसैबीच, कम्पनीले विजया दशमी, दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गरेको छ।

Top Changing Nepal

युट्युब सट्स