बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
विदुर । नुवाकोटको विदुर नगरपालिका–४,सिमचौरकी बाढीपीडित प्रतिमा मिजारलाई जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले मसला तथा बेसार पिस्ने मेसिन हस्तान्तरण गरिएको जनाइएको छ ।
नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घ(नामिया)का सदस्य एवं कन्यादेवी मेसिनरी प्रालि, नुवाकोटका सञ्चालक सिजन घिमिरेले मिजारलाई पूर्ण अनुदानमा मेसिन उपलब्ध गराएका बताइएको छ।
३३ वर्षीया मिजारले यसअघि घरेलुस्तरमा बेसार तथा मसला प्रशोधन व्यवसाय सञ्चालन गर्दै आएकी थिइन् । तर, हालै आएको विनाशकारी बाढीले उनको कारखाना पूर्ण रूपमा बगाएपछि उनी रोजगारी र आम्दानीको स्रोतबाट वञ्चित भएकी थिइन् ।
पाँच सदस्यीय परिवारको जीविकोपार्जनको जिम्मेवारी सम्हाल्दै आएकी मिजारलाई बाढीका कारण क्षतिग्रस्त व्यवसाय पुनः सञ्चालन गर्न आर्थिक कठिनाइ भइरहेको जनाइएको छ।
नामियाका अनुसार,बाढीपीडितको आर्थिक पुनरुत्थान तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले घिमिरेले सामाजिक उत्तरदायित्वअन्तर्गत मिजारलाई निःशुल्क मेसिन उपलब्ध गराएका हुन् ।
मेसिन प्राप्त भएपछि मिजारलाई पुनः घरेलु व्यवसाय सञ्चालन गरी आम्दानीको स्रोत जुटाउन र परिवारको जीविकोपार्जन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको बताइएको छ ।
बाढीबाट प्रभावित परिवारलाई आत्मनिर्भर बनाउन गरिएको यस सहयोगप्रति स्थानीयवासी तथा पीडित परिवारले घिमिरे र नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घप्रति आभार व्यक्त गरेका जनाइएको छ।
सम्बन्धित समाचार
आज तीन प्रदेशमा हल्का बर्षा हुने
एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि.द्वारा नेपालगञ्जमा जेसीबी एग्रीम्याक्स सार्वजनिक, १० वटा जेसीबी मेसिन ग्राहकलाई हस्तान्तरण
नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले सुरु गर्यो ‘भिजिट नेपाल’ अभियान
विश्व मोबिलिटीको भविष्य देखाउँदै ओमोडा र जेकोको अन्तर्राष्ट्रिय युजर समिट २०२६
आज चार प्रदेशमा हल्का वर्षाको सम्भावना
सीजी एलईडीको उज्यालोसँग यस तिहारलाई बनाऔँ अझै झिलिमिली र विशेष
ट्रेन्डिङ
लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु,एकपटकको चार्जमा ५०५ किलोमिटरसम्म रेन्ज
फोटोनका १४ वटा विद्युतीय सवारी साधन (टीएम १ पीकअप) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण
सेयर बजारमा भारी पहिरो,कारोबार रकम सवा ७ अर्ब नाघ्यो
यामाहाको ‘चङ्गा चेट’ अभियानमा १० लाख ३ हजार रुपैयाँको ग्रान्ड प्राइज विजेता घोषणा
नेप्सेमा सामान्य सुधार, कारोबार रकम साढे सात अर्ब नाघ्यो
