दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
काठमाडौं। दसैँका बेला सार्वजनिक यातायातमा हुन सक्ने अभाव र यात्रुको चापलाई मध्यनजर गर्दै नेपाल प्रहरीले काठमाडौं उपत्यकामा दुई दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। प्रहरीले कात्तिक ३ र ४ गते तीनवटा रुटमा बस चलाएर सर्वसाधारणलाई आवागमनमा सहजता प्रदान गर्न लागेको हो।
प्रहरीका अनुसार नक्साललाई मुख्य केन्द्र बनाएर सञ्चालन हुने बसले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न प्रमुख क्षेत्रलाई समेट्नेछन्।
पहिलो रुटमा नक्सालबाट बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलङ्की, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर र पुतलीसडक हुँदै पुनः नक्साल फर्किने व्यवस्था गरिएको छ।
त्यस्तै, दोस्रो रुटको बस नक्सालबाट रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी र सूर्यविनायक चोकसम्म पुग्नेछ। त्यहाँबाट कोटेश्वर, विमानस्थल, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ र बालुवाटार हुँदै नक्साल फर्किनेछ।
तेस्रो रुटमा नक्सालबाट सोह्रखुट्टे, बालाजु, नयाँ बसपार्क, नारायणगोपाल चोक, चक्रपथ, सुकेधारा, गौशाला, विमानस्थल, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु र कलङ्की हुँदै पुनः नक्साल फर्किने गरी रुट निर्धारण गरिएको छ।
बस सञ्चालनको समयअनुसार कात्तिक ३ गते तीनवटै रुटमा दिउँसो ४ बजेदेखि सेवा सुरु हुनेछ। कात्तिक ४ गते भने बिहान ८ बजे पहिलो र दिउँसो ३स्३० बजे दोस्रो सिफ्टमा बस सञ्चालन गरिने प्रहरीले जनाएको छ।
दसैँमा सार्वजनिक सवारीसाधनको उपलब्धता कम हुन सक्ने अवस्थालाई ध्यानमा राखेर सञ्चालन गर्न लागिएको निःशुल्क बस सेवाबाट चाडपर्वका बेला उपत्यकाभित्र यात्रा गर्ने सर्वसाधारण लाभान्वित हुने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
