Jankari Kendra
६ कार्तिक २०८३, बिहीबार

वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, कार्तिक, ६
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह

काठमाडौं । सरकारी तथा निजी क्षेत्रका वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम बढ्न सक्ने भन्दै राष्ट्रिय साइबर सुरक्षा केन्द्र (एससीएससी) ले वेब प्रणाली सञ्चालकहरूलाई सचेत गराएको छ। केन्द्रले पीएचपी सफ्टवेयरमा दुईवटा गम्भीर सुरक्षा कमजोरी पहिचान भएपछि साइबर सुरक्षा एड्भाइजरी जारी गरेको हो।

केन्द्रका अनुसार पीएचपीसँगै अपाचे, पीएचपी–एफपीएम र लाइटस्पिडजस्ता वेब सर्भर तथा प्रणालीमा प्रयोग हुने प्रविधिहरूमा देखिएका कमजोरीले अनलाइन सेवाको सुरक्षामा चुनौती सिर्जना गर्न सक्छन्। त्यसैगरी, वर्डप्रेस, जुम्ला, ड्रुपल र म्याजेन्टोजस्ता सामग्री व्यवस्थापन प्रणाली पनि जोखिममा पर्न सक्ने जनाइएको छ।

यी प्राविधिक कमजोरीको फाइदा उठाउँदै साइबर आक्रमणकारीले सम्बन्धित प्रणालीमा अनधिकृत पहुँच प्राप्त गर्ने वा डेटा तथा प्रणालीमा क्षति पुर्‍याउने सम्भावना रहेको केन्द्रले जनाएको छ।

सम्भावित साइबर आक्रमणबाट जोगिन वेबसाइट तथा अनलाइन प्रणाली सञ्चालकहरूलाई सुरक्षा जोखिमप्रति गम्भीर हुन र आवश्यक सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ।

 

Top Changing Nepal

युट्युब सट्स