यस कारण नेपालमा गुगल एप्लिकेशनस् जिमेल र यूट्युब ढिलो खुल्छन
जानकारी केन्द्र
२०७४, भाद्र, १६
काठमान्डाैं,
इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानले विगत केही हप्ता देखि नेपालमा गुगल को यूट्युब, जिमेल लगायतका एप्लिकेसन्स हरु ढिलो खुल्ने गरेको बारेमा धेरै संख्यामा प्रयोगकर्ताहरुबाट गुनासाहरु प्राप्त भएको घटना प्रति गम्भीर ध्यानकार्षण भएको बताएकको छ ।
आइस्पानले जानकारी केन्द्रलाइ डटकम लाइ बताए अनुशार गुगल ले विगत ४ बर्ष देखि आफ्नो एप्लिकेसन्स (जस्तै जिमेल र यूट्युब को क्षमता सुधारका लागि नेपालको स्थानीय इनटरनेट सेवा प्रदायक कम्पनीहरुमा आफ्ना सरभर राखी रहेकाे छ ।
हाल गुगल ले गरेको निर्णय अनुसार नेपालको आई एस पि कम्पनीहरु सँग अलग भएर गुगल ले नेपालमा आफ्नै नयाँ सरभर राख्ने तयारी गरेको छ । गुगल को यस निर्णयको कारणले विगत ४ वर्ष देखि यहाँका कम्पनीहरुमा राखि रहेको सरभर लाई विगत केही महिना देखि गुगल ले स्तरउन्नोति गरेको छैन । यहि कारणले बढी प्रयोग हुने समय (वेलुका) मा सरभर हरुको क्षमता अपुग भई रहेको छ ।
इनटरनेट सेवा प्रदायक कम्पनीहरुले गुगल लाई बारम्बार गरेको अनुरोधका बाबजुद पनि स्तरउन्नोति हुन सकेको छैन भने अर्काे तर्फ गुगलले आफनो सरभर राख्न पनि ढिलाई गरी रहेको छ ।
जब सम्म गुगल ले आफनो सरभर को स्तरउन्नोति गर्दैन तब सम्म नेपालका इन्टरनेट प्रयोगकर्ताहरुले गुगल का एप्लिकेसन्स जिमेल ,यूट्युब आदि ढिलो खुल्ने अवस्थाको सामना गर्न बाध्य हुनेछन् । प्रयोगकर्ताहरुले भोग्नु परेको असुविधा प्रति क्षमा माग्दै इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानले गुगलले तत्काल यो समस्याको समाधान गर्ने आशा व्यक्त गरेको छ ।
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

