Jankari Kendra
२१ भाद्र २०८३, आईतवार
Worldlink

दिलिप र झरनाको ‘डेस्टिनेसन कथामान्डु’को नेपाल प्रदर्शन तय

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, फाल्गुन, १०
दिलिप र झरनाको ‘डेस्टिनेसन कथामान्डु’को नेपाल प्रदर्शन तय

नायक दीलिप रायामाझी र नायिका झरना थापाको मुख्य अभिनय रहेको फिल्म ‘डेस्टिनेसन काठमान्डू’को प्रदर्शन मिति तोकिएको छ । यहि चैत्र २ गतेलाई रिलिज मिति तय गरिएको हो । स्वर्गीय निर्देशक दीपक रायमाझीको ड्रिम प्रोजेक्ट रहेको यस फिल्मले नेपालको पर्यटन बिकासमा टेवा पुर्याउने जनाइएको छ ।

फिल्ममा दिलिप र झरना बाहेक केशब भट्टराई, बिक्रम मल्ल ठकुरी, रबि गिरी, बिकास चापागाई लगायतका दिग्गज कलाकारहरुको अभिनय रहेको छ । यस फिल्मलाई पहिला स्वर्गीय निर्देशक दिपकले निर्देशन गरेका हुन् भने उनको असामायिक निधन पश्चात फिल्मलाई मधुसुदन भट्टराईले निर्देशन गरी पुरा गरेका हुन् ।

जनपुकार मिडिया हाउसले निर्माण गरेको यस फिल्मलाई विदेशका विभिन्न ठाउँमा विशेष प्रदर्शन गरियो र अहिले नेपाल प्रदर्शनका लागी मिति तय गरिएको हो । फिल्ममा राजु थापा र सौरभ लामाको छायांकन,  निखिल बिश्वासका साथै रमेश खड्का र राजन तिमिल्सिनाको संगीत रहेको छ ।

Top Changing Nepal

युट्युब सट्स