Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

भुकम्प ख्याल ख्याल हैन, बन्द गरियोस गलत सुचना प्रवाह गर्न

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७२, बैशाख, १५

सिधा सिधि भन्नु पर्दा अहिले देशमा माहाभुकम्पका कतिपय समचारहरू व्यपार र प्रतिसपर्धामा अधारित भएर विभिन्न संचार माध्यम र सामाजिक संजालहरूमा अइरहेका छन। जुन विलकुल गलत र भ्रामक छन । यो संकटको समयमा सवै जना कहाँ के भइरहेको छ। भनेर बुझ्न चाहन्छन भुकम्पको कारणले सवै तिर त्रास छ ।यस्तो अपतकालमा सवै सहि सुचना चाहन्छन। तर यसरि अाफु चर्चामा अउन र प्रतिसपर्धा गर्न गलत समाचार प्रवाह गरिदिदा झनै त्रास निम्तिएको छ। समाचार बनाएर राखिएका यस्ता भ्रामक कुराले निकै ठुलो त्रासका साथै क्षति पनि भएको छ।
यस्ता गलत सुचना प्रवारह गर्न तुरून्त बन्द गरीयोस र यसरि भ्रम पैदा गर्नेहरू लाइ सतर्क गराउन सवैले यस्ता समाचार लाइ सुरक्षित राखे भोलिका दिनमा सतर्क गराउन सहज हुन्छ किनकि भुकम्प ख्याल ख्याल हैन यो विपत्ति हो । यो व्यपार बडाउने र चर्चामा अाउने समय हैन सहि सत्य तथ्थ समाचार मात्र प्रसारण गरेर वातावरण सहज बनाउन मद्दत गर्ने समय हो । अहिले विपतको अवश्था भए पनि भोलि सम्बन्धित निकायले खोजि गर्ला र गर्नु पनि पर्छ।

हामि यो जानकारि केन्द्र पनि अहिले पुर्णरूपमा कानुनि रूपमा वैधानिक छैन कम्पनि मा दर्ता भए पनि सुचना र प्रेस काउन्सिलमा दर्ता छैन हामि परिक्षण कालमै रहदा देशमा विपत्ति अायो हामिले अपुष्ट समाचार प्रसारण गर्ने दुष्साहस गरेनाै हामिले माफि माग्नै पर्छ र माफी पनि माग्छाै यस्तो विपत्तिमा पनि सहि जानकारि दिन सकेनाै तर गलत सुचना छिन छिनमा देखि रहदा चुपचाप पनि वस्न सकिएन अब कानुनि रूपमा गैरकानुनि भए पनि मानवता लाइ मध्यनजर गर्दै हामि अनलाइन भएका छाै र यो विपत्तमा हामिले अाफ्नो ठाँउ बाट सकेको सहयोग गर्न कुनै कसर बांकि नराख्ने प्रयास गर्छाै र सवै लाइ अाफ्नो ठाँउ बाट सकेको सहयोग गर्न अग्रह गर्दै फेरि पनि गलत सुचनाको पछि नलागि सम्यमित हुन अग्रह गर्छाै

Top Changing Nepal

युट्युब सट्स