• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०८ बैशाख २०८३, मङ्गलबार
०८ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नाडाद्वारा अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा वाणिज्य विभागका महानिर्देशकसंग छलफल
  • ७ घण्टा 

चर्को आलोचना पछि गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
  • ७ घण्टा 

तरलता व्यवस्थापनका लागि ४० अर्ब निक्षेप खिच्ने नेपाल राष्ट्र बैँकको तयारी
  • ८ घण्टा 

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट अनिवार्य लागु गर्न सरकारको निर्देशन
  • ११ घण्टा 

ईभीमा भाडा बढेको छैन, बढी असुल गरे कारबाही हुन् सक्ने
  • ११ घण्टा 

कजारियाद्धारा चितवनमा नयाँ शोरुम उद्घाटन
  • १ दिन 

वित्तीय अवस्थामा उल्लेख्य सुधारः एमएडब्लूको रेटिङ्ग “एलबीबीबी–/ए ३” मा उक्लियो
  • १ दिन 

कारोबार ५ अर्ब ७७ करोड नाघ्दा नेप्सेमा १७.९१ अंकको गिरावट
  • १ दिन 

२०८३ वैशाख ०९ गते बुधबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. देशभर मौसम बदली : पहाडमा चट्याङसहित वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

  • २. डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासंघको माग

  • ३. कर्मचारीले अब प्रत्येक १५ दिनमा तलब पाउने व्यवस्था लागू गर्ने सरकारको तयारी

  • ४. सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

  • ५. अब जन्म,विवाह दर्ता लगायतका प्रमाणपत्र नागरिक एपमै हुने

  • ६. जन्ती बोकेको जिप हुँदा दुर्घटनामा चारको मृत्यु, १४ जना घाइते

  • ७. नेपालमै पहिलो पटक ललितपुरमा फोहोर संकलनका लागि फोटोन टीएम १ इलेक्ट्रिक गाडि सञ्चालन

  • ८. १३ अंकले ओरालो लागेको सेयर बजारमा ४ कम्पनीको शेयर भने १५ प्रतिशतले उक्लियो

  • ९. २०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • १०. आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी

भूकम्पको बेलामा उपयोग हुने १० काम

admin २०७२, बैशाख, १८

भुइँचालो जुनसुकै बेला अचानक जान सक्छ । त्यसबेला तपाईं जहाँ भए पनि सम्भावित जोखीमबाट बच्न यहाँ उल्लिखित १० कुरा जानिराख्नुहोस् :
१) आफू र आफ्नो परिवारका लागि सुरक्षित ठाउँ पत्ता लगाउनुहोस् । टेबल वा अरु कुनै बलियो वस्तुमुनि जानुहोस्
ठूलो भुइँचालोको झट्का करीब एक मिनेटसम्म रहने र त्यसै अवधिमा विनाशकारी घटना भइसक्ने भएकाले सो समयमा सुरक्षित रहन प्रयास गर्नुहोस् । घरभित्र हुनुहुन्छ भने विशेषगरी टेबल, खाट वा अन्य दरिलो र बलियो वस्तुको मुनि बस्नुहोस् । यसरी बस्दा खाट वा टेबुलको खुट्टा समातेर टाउकोमा चकटी, तकिया वा बाक्लो र नरम वस्तु राख्नु सम्भावित जोखीमबाट बच्ने उत्तम उपाय मानिन्छ । यदि टेबल वा खाट नभए टाउकोमा नरम र बाक्लो वस्तु राखेर सुरक्षित किसिमले कुनै एक छेउमा उभिनुहोस् ।
२) भूकम्पको झट्का थाहा पाउनेबित्तिकै आगोका स्रोत तत्काल बन्द गर्नुहोस्
सानै भुइँचालोमा पनि ग्यास, मट्टीतेल, डिजेलजस्ता इन्धनबाट बाल्ने चूलो र हिटर तुरुन्तै बन्द गर्नुहोस् । छिमेकीलाई पनि चूलो, हिटरजस्ता आगोका स्रोत बन्द गर्न अनुरोध गर्नुहोस् । ठूलो भुइँचालोमा आगलागी भएमा दमकल तथा अग्नि नियन्त्रकहरूले पनि सम्हाल्न नसक्ने हुन्छ । शुरूमै आगो निभाएमा क्षति हुँदैन । यदि आफ्नो छेउछाउमा आगो वा आगोका मुस्लो देख्नुभयो भने सम्भव भए आफैले र नभए अन्य साथीको सहयोग लिई तत्काल त्यसलाई निभाउनुहोस् ।
४) कम्तीमा एउटा ढोका खुला हुने बन्दोबस्त मिलाउनुहोस्
आपत्को बेलामा भाग्ने पूर्वयोजना बनाउनुहोस् । भुइँचालोको असरले ढोका त्रिपट भई कोठाभित्रका मान्छे थुनिएर बाहिर निस्कन नसक्ने हुन्छ । त्यसैले, सम्भव भएमा भूकम्पको धक्का महसुस हुनासाथ नजिकैको ढोका खोली खुला नै छाडिदिनुहोस् ।
५) घरबाहिर हुँदा टाउकोलाई सुरक्षित राख्नुहोस् र जोखीमयुक्त वस्तुबाट बच्नुहोस्
घरलगायत अग्ला स्थानबाट खस्न सक्ने वस्तुदेखि होसियारी अपनाउनुहोस् । ठूलो भुइँचालो जाँदा जमीनमा आउने झट्का वा कम्पनले गर्दा सोझो उभिन गाह्रो हुन सक्छ । त्यसबेला बलिया, दह्रो लाग्ने नजिकैका घर वा पर्खाल अथवा गेटको छेउमा अडेस लाग्नु राम्रो हो । तर, विगतका भूकम्पमा यस्ता पर्खाल लडेर थुप्रै मान्छेको मृत्यु भएका घटना छन् । त्यसैले ठूलो भूकम्पका बेला सिमेण्ट ब्लक वा इँटाका पर्खाल अथवा गेट पिलरछेउ नजानुहोस् ।
व्यावसायिक एवम् कार्यालय भवनका झ्याल तथा ढोकाका शिशा फुटेर, होर्डिङ बोर्ड, साइन बोर्ड अथवा अन्य त्यस्तै सामान खसेर दुर्घटना हुन्छ । त्यसैले, भूकम्पको बेला ती स्थानमा रहँदा वा हिँड्दा आफूसँग भएका झोला वा अन्य वस्तु टाउकोमा राखी कम्तीमा टाउको बचाउनुहोस् । मजबुत हिसाबले भूकम्पको ख्याल गरी बनाइएका अफिस हाताभित्र हुनुहुन्छ भने अफिस भवनभित्र छिर्नु उपयुक्त हुन्छ ।
६) डिपार्टमेण्टल स्टोर वा प्रदर्शनी हलजस्ता ठूला व्यावसायिक केन्द्रमा हुनुहुन्छ भने त्यहाँका गार्ड अथवा कर्मचारीले भनेबमोजिम गर्नुहोस्
विपत्मा धैर्य नगुमाउनुहोस् । अनावश्यक रूपमा उत्तेजित नहुनुहोस् । धेरै मानिस जम्मा हुने डिपार्टमेण्टल स्टोर, फिल्म हल, सभा भवनजस्ता केन्द्रमा रहँदा त्यहाँका कर्मचारीको निर्देशन र सुझाव मान्नुहोस् । भूकम्पको बेला यस्ता ठाउँमा आगलागी भई तुरुन्तै धूवाँले भरिन सक्छ । त्यस्तो अवस्थामा भुइँमा घिस्रिँदै तुरुन्त बाहिर निस्कनुहोस् ।
लिफ्टमा हुनुहुन्छ भने
आधुनिक ठूला भवनमा जडित लिफ्टको प्रयोग भुइँचालोको समयमा गर्नु हँुदैन । यदि भुइँचालोको समयमा लिफ्टमै हुनुहुन्छ भने प्यानलमा भएका सबै बटन थिच्नुहोस् । लिफ्ट रोकिएपछि तुरुन्तै बाहिर निस्किएर सुरक्षित स्थानतर्फ लाग्नुहोस् । उक्त समयमा दुर्घटनाबस लिफ्टमै अड्किए वा थुनिएमा त्यहाँ जडित आन्तरिक फोनको प्रयोग गरी प्रबन्धकसँग सम्पर्क गर्नुहोस्, सहायता माग्नुहोस् । तर, नआत्तिनुहोस् ।
७) सवारीसाधन चलाउँदै हुनुहुन्छ भने बायाँतर्फ मोडी पार्क गर्नुहोस्
निषेधित क्षेत्रमा आफ्नो सवारी नलैजानुहोस् । सवारीसाधनको रेडियोबाट प्रसारण भएको निर्देशन पालना गर्नुहोस् । ठूला भूकम्पको बेला गाडीको टायर पङ्चर भएजस्तो हुन्छ । पाङ्ग्रा तपाईंको नियन्त्रणबाहिर हुने र स्टेरिङ चलाउन गाह्रो हुने हुन्छ । यस्तो बेलामा सडकका चोकतिर नगई तुरुन्त बायाँ मोडी गाडी रोक्नुपर्छ । सडकको बीच भाग आकस्मिक वाहन तथा मान्छेका निम्ति खुला रहन दिनुहोस् ।
भूकम्पको बेला सडकमा क्षति हुन गई धेरैजसो बाटो बन्द हुन्छन् । त्यसकारण ट्राफिक पुलिस अथवा रेडियोबाट प्रसारण भएको ट्राफिक निर्देशन पालना गर्नुहोस् । यदि तपाईं आफै उद्धार कार्यमा लाग्नुपर्ने भएमा गाडीको शिशा बन्द गर्नुहोस् । गाडीको साँचो कारमै छाडेर ढोका खुलै छाडी उद्धारमा जुट्नुहोस् । आपत्को समयमा तपाईंको गाडीले उद्धारमा सहायता पु¥याउन सक्छ ।
८) पहिरो, ढुङ्गा तथा चट्टान आदिबाट सावधान रहनुहोस्
जोखीम क्षेत्रबाट टाढा रहनुहोस् । भुइँचालोको बेला पहाडी इलाकामा पहिरो जान सक्छ, होश पु¥याउनुहोस् । तपाईं पहरामुनि हुनुहुन्छ भने खस्न सक्ने ढुङ्गाबाट बच्नुहोस् । अति भिरालो ठाउँतिर नजानुहोस् । भूकम्पको बेला पहिरो आदि चलेर बाटोघाटो थुनिएको र जोखीमपूर्ण हुन सक्ने भएकाले केटाकेटी, विशेषगरी स्कूलका छात्रछात्रा तथा अन्य अशक्तहरूलाई गाउँबाहिर जान नदिनुहोस् ।
९) सुरक्षित ठाउँतर्फ जाँदा अत्यावश्यक थोरै सामान मात्र बोक्नुहोस्
महिला, केटाकेटी, बुढाबुढी र अशक्तहरूलाई विशेष प्राथमिकता दिई सहयोग गर्नुहोस्, सद्भाव दर्शाउनुहोस् । तपाईंको नगरपालिका अथवा वडा कार्यालयले भूकम्पका लागि उद्धार क्षेत्र तोकेका हुन सक्छन् । उद्धार क्षेत्रमा जाँदा आफ्नो परिचयपत्र, चेकबुकजस्ता अत्यावश्यक कागजात र आपत्कालीन सामान (टर्चलाइट, मोबाइल फोन, रेडियो सेट तथा दैनिक सेवन गर्ने औषधि आदि) बोकेर पैदल हिँड्नुहोस् ।
त्यसबेला छिमेकीसँगको सहकार्य अत्यावश्यक हुन्छ । त्यसकारण उद्धार क्षेत्रतर्फ लाग्नुअघि सबै छिमेकी पायक पर्ने एक स्थानमा भेला हुनुहोस् र कसो गर्दा राम्रो हुन्छ भन्ने विषयमा निर्णय लिनुहोस् । अनावश्यक वादविवाद नगर्नुहोस् ।
१०) हल्लाको पछि नलाग्नुहोस् । सही सूचना प्राप्त भएपछि मात्र सुरक्षित स्थलतर्फ लाग्नुहोस् रेडियो तथा प्रकोप व्यवस्थासम्बन्धी निकायको सूचनालाई आधार मान्नुहोस् । प्रलयकारी भुइँचालो जाँदा मनोवैज्ञानिक हिसाबले मानिस त्रसित भइरहेको हुन्छ ।
यस किसिमको भयावह परिस्थितिमा सही र भरपर्दो मात्र सूचना तथा जानकारी लिई काम गर्नु आवश्यक हुन्छ । यस्तो बेलामा साना र हलुका रेडियोबाट वास्तविक सूचना प्राप्त गर्न सकिन्छ । स्थानीय गाउँ या नगरपालिका, प्रहरी, दमकल, अस्पताल, प्रकोप न्यूनीकरण इकाइजस्ता निकायबाट प्राप्त सूचना भरपर्दा हुन्छन् । अनधिकृत व्यक्तिको भनाइमा विश्वास नगर्नुहोस् ।
घरमा गैरसंरचनात्मक भूकम्पीय सुरक्षा बढाउन निम्नलिखित काम गर्नुहोस्
कोठामा ओछ्यान राख्दा यी विषयबारे जानकार हुनुहोस् –
खाट
– ठूला झ्यालको छेउमा नपरोस्
– झुण्डिएका बत्तीको मुनि नराख्नुहोस्
– ऐनाछेउमा नहोस्
– गह्रौं र ठूला फ्रेम, पेण्टिङको तल नहोस्
– थुप्रै सामान भएको दराजको छेउ नपरोस्
२) झुण्डिने बत्ती, प्लाण्ट आदिमा फन्के अङ्कुशको प्रयोग गर्नुहोस्
३) दराजको माथि भएका सबै गह्रौं वस्तु हटाउनुहोस्
४) बोतल, शिशिजस्ता फुट्न सक्ने सामान दराजको तल्लो खण्डमा मात्र राख्नुहोस्
५) आगोको छेउ (नजिकै) ज्वलनशील पदार्थ नराख्नुहोस्
६) घरको मूल ढोकातर्फ जाँदा अवरोध गर्न सक्ने दराज, स्ट्याण्ड आदि कुरा अन्यत्र सार्नुहोस्
७) आलमारी, किताब, दराजजस्ता अग्ला फर्निचर र रेफ्रिजेरेटर, वाशिङ मेशिनजस्ता गह्रौं सामानलाई भित्तामा नटबोल्टले कस्नुहोस्
८) टीभी, कम्प्युटर आदिलाई टेपको सहायताले टेबलमा जमाउनुहोस्
९) ऐना, तस्वीरको फ्रेम आदिलाई गारोमा अड्काउनुहोस्
१०) छानाका झिँगटीलाई नखस्ने गरी अङ्कुश लगाउनुहोस्
–साभार भूकम्प प्रविधि राष्ट्रिय समाज, नेपाल

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
छपाइ सकिएका स्मार्ट लाइसेन्स अब सम्बन्धित कार्यालयबाटै वितरण हुने
कर्मचारीले अब प्रत्येक १५ दिनमा तलब पाउने व्यवस्था लागू गर्ने सरकारको तयारी
यस्तो छ आजको मौसम पुर्वानुमान

ताजा

नाडाद्वारा अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा वाणिज्य विभागका महानिर्देशकसंग छलफल

चर्को आलोचना पछि गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

तरलता व्यवस्थापनका लागि ४० अर्ब निक्षेप खिच्ने नेपाल राष्ट्र बैँकको तयारी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट अनिवार्य लागु गर्न सरकारको निर्देशन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.