२०१६ को डिभि (DV 2016) रिजल्ट यहाँ बाट हेर्न सकिन्छ ,
चिठ्टा प्रणली मार्फत अमेरिकाले हरेक बर्ष उपलव्ध गराउने ५०,००० डाइभर्सिटि भिसा को पहिलो चरणको नतिजा यहि मे महिनाको ५ तारिख अर्थात बैशाष २२ गते मंगलबार प्रकाशण भएको छ । बिगतका बर्षमा झै यस बर्ष पनि पहिलो चरणमा विश्वभरिबाट १,२५,००० लाई छनोट गरिने छ । त्यसैले पहिलो चरणमा छनौट हुदैमा भिजा पाउने कुनै ग्यारेन्टि हुने छैन र छनौटमा परेका सबैजना दोस्रो चरणको प्रक्रियामा जानु पर्ने छ । दाश्रो चरण अर्थात डि.एस.२६० को फर्म भरेर पठाइसके पछि प्राप्त हुने इन्टरभ्यु अप्वाइनमेन्ट अर्थात सेकेन्ड लेटर आइसके पछि मेडिकल रिपोर्ट, पोलिस रिपोर्ट, शैक्षिक योग्यता लगाएतका केहि मापदन्ड पुरा गरे पछि नेपाल स्थित अमेरिकि दुताबास ले अन्तवार्ता लिइ भिजा दिने नदिने निर्णय गर्छ । यसरि भिजा प्राप्त गर्नेहरु अमेरिकामा आइ स्थाई रुपमा बसोबार गर्न पाउछन् । यसलाई परमानेन्ट रेसिडेन्ड अथार्त छोटकरिमा पि.आर. भन्ने गरिन्छ र अमेरिका आएको ५ वर्ष पछि निश्चित मापदन्ड पुरा गरि डिभि बिजेताहरुले अमेरिकाको नागरिकता पनि पाउछन् । तर डिभि बिजेताहरुलाई अमेरिकाको सरकारले प्लेन टिकट, अमेरिकामा घर रोजगारि भने उपलब्ध गराउदैन । डिभिको नतिजा आधिकारिक वेबसाइट https://dvlottery.state.gov/ मा भएको इन्ट्रान्ट स्टाट चेकhttps://www.dvlottery.state.gov/esc/ मा गएर हेर्नु पर्नेछ, डिभि अफिस वा अमेरिकि विदेश मन्त्रालय ले डिभि पर्यो भनि कसैलाई पनि इमेल वा फोनगरेर जानकारि नगराउने बताएको छ । आफ्नो नतिजा हेर्न डिभि फारम भर्दाको कन्फर्मेशन पेज मा भएको नंबर आफ्नो थर र जन्म साल आबस्यक पर्छ । यदि कन्फमेशन नंबर हराएको खन्डमा पनि नतिजा हेर्न सकिने छ । त्यसको लागि रिजल्ट चेक गर्ने पेजमा भएको फोरगेट कन्फर्मेशन नंबर लेखिएको लिंकमा किलिग गरि आफ्नो बिबरण राखिसके पछि पुनं कंफर्मेशन नंबर प्राप्त गर्न सकिने छ । साथै डिभि बिजेताहरुले महाराज गंज स्थित अमेरिकि दुताबासबाट निशुल्क छोधपुछ गर्न पाउछन् । अमेरिकि बिदेश बिभाग अन्तर्गतको डिभि संबन्धि काम गर्ने बिभाग केन्टुकि कन्शुलर सेन्टर इन्फर्मेसनले डिभि बिजेताहरुलाई कुनै पनि परामर्शदाता वा एजेन्टको सहयोग नलिन भनेको छ
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
