प्रदेश ५ मा करार खेती कार्यक्रम सुरु हुँदै, के हो करार खेती कार्यक्रम ?

काठमाडौँ | प्रदेश नम्बर ५ को प्रदेश सरकारले भूमिहीन सुकुम्वासीहरुलाई निःशुल्क जग्गा दिएर खेती गराउने तयारी गरेको छ । सरकारले आफ्नो जग्गा नभएका तर कृषि गर्न चाहेकाहरुलाई करार खेती कार्यक्रम गराउने तयारी गरेको हो ।
यसखाले खेतिमा सहभागी हुन बर्दिया र दाङका भूमिहीनहरुहरु सम्पर्कमा आइसकेका छन् । यसरी खेति गर्नेले जग्गा धनीलाई भने निश्चित शुल्क (भाडा) तिर्नुपर्ने हुन्छ ।
खेती कार्यक्रम भन्नाले बाझो जग्गा पहिचान गरी त्यस्ता जग्गाका धनीसँग स्थानीय तहहरुको रोहबरमा जग्गा भाडा-सम्झौता गरी भूमिहीनलाई खाद्यान्न वा तरकारी, फलफूल खेती गर्न लगाउन दिनु हो । यस खाले प्रणालीले बाँझो जग्गाको उपयोग हुने र जग्गा धनीलाई पनि बाझै राख्नुभन्दा केहि रकम पनि मुनाफा हुने हुन्छ ।
प्रदेश सरकारको नीति बमोजिम यो कार्यक्रममा सहभागी हुन चाहने भुमीहीन तथा प्रसस्त खेति गर्ने जमिना नभएका अर्थात तीन कठ्ठा वा सोभन्दा कम जग्गा भएका किसान सहभागी हुन पाउने छन् । यो कार्यक्रममा सहभागी हुनेलाई सरकारले सहयोग समेत गर्नेछ । जसको लागि प्रदेश सरकारले सुरुको वर्षका लागि रु १० करोड बजेट छुट्टाएको छ । नीति अनुसार एकजना किसानले कम्तीमा एक बिघाहमा खेती अनिवार्य गर्नुपर्नेछ । यस्तो जग्गा सम्याउन र सिंचाइ लगायतका सुविधा पुर्याउन पाँच बिघाहाको प्लटमा तीन लाखसम्म अनुदान दिनेछ ।
सरकारले नै जग्गाधनिसंग ५ बर्षदेखि १५ बर्षसम्म भाडा सम्झौता गरिदिने हुनाले खेति गर्नेलाई पनि ढुक्क हुन्छ । खेति गर्न चाहनेलाई सुविधा अन्तर्गत पहिलो वर्ष सरकारले जग्गा भाडावापतको पुरै पैसा तिरिदिने छ भने दोस्रो वर्ष जग्गा लिने किसान र सरकारले ५०/५० प्रतिशत तिर्नुपर्छ । त्यसपछि तेस्रो वर्ष सरकारले २५ प्रतिशत र किसानले ७५ प्रतिशत भाडा तिर्नुपर्छ ।
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट

