यसरि शुरु हुदैछ द भ्वाइस अफ नेपाल सिजन २ को डिजिटल अडिसन
काठमाडौं । सिङगिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ चाँडै सुरु हुने भएको छ । सिजन–२ का लागि ‘द भ्वाइस अफ नेपाल’ले चाँडै डिजिटल अडिसन सुरु हुने जनाएको छ ।
“छिट्टै नै द भ्वाइस अफ नेपालको दोस्रो सिजनको डिजिटल अडिसन सुरु हुँदैछ । दूरदराजमा बस्ने आवाजका धनीहरुलाई डिजिटल अडिसनले मुलधारमा ल्याउने भूमिका खेलोस्,” ‘द भ्वाइस अफ नेपालले आफ्नो अफिसियल फेसबुक पेजमा लेखेको छ ।
सिजन वान सकिएको केही समयमै भ्वाइसले सिजन–२ सुरु हुन लागेको जनाएको हो । सिजन वानको विजेता पोखराका सिडी विजय अधिकारी भएका थिए ।
तर, कहिलेबाट डिजिटल अडिसन सुरु हुन्छ, त्यो भने स्पष्ट पारिएको छैन । भ्वाइसमा सुरुमा भ्वाइस रेकर्ड गरेर पठाएपछि उक्त भ्वाइसमा सम्भावना देखिएको खण्डमा ब्लाइन्ड अडिसनका लागि बोलाइन्छ । सिजन वानका १०८ जना ब्लाइन्ड अडिसनका लागि छनोट भएका थिए ।
देशको दूरदराजमा रहेका तथा विदेशमा बसोबास गर्ने प्रतिभालाई सहजै पहुँच प्राप्त होस् भनेर भ्वाइसले डिजिटल अडिसन लिने गरेको छ । सिजन वानमा भारतका विभिन्न ठाउँबाट नेपाली भाषी डिजिटल राउन्ड अडिसन हुँदै अघिल्ला चरणहरुमा पुगेका थिए ।
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
