अब यी स्मार्टफोनमा फेसबुक र इन्स्टाग्राम नचल्ने !
चैत २३, काठमाडौं | अबको केही समयपछि कतिपय स्मार्टफोनमा फेसबुक, इन्स्टाग्राम तथा मेसेन्जर चल्नेछैनन् ।
यदि तपाइँसग पनि विन्डोज फोन छ भने मे महिनाबाट त्यसमा सोसल मिडिया सपोर्ट उपलब्ध हुनेछैन । यद्यपि थर्ड पार्टी एप वा वेबको प्रयोग गरी विन्डोज फोन प्रयोगकर्ताले सोसल मिडियाको प्रयोग भने गर्न सक्नेछन् ।
स्मरण रहोस् विन्डोज स्मार्टफोनको उत्पादन बन्द भैसकेको छ र माइक्रोसफ्टले पनि आफ्ना स्मार्टफोन लञ्च गर्न छाडिसकेको छ ।
पूराना विन्डोज फोनमा त ह्वाट्सएपको सपोर्ट पहिलेबाटै बन्द गरिसकिएको छ । अब सबै खालका विन्डोज फोनमै ह्वाट्सएप सपोर्ट बन्द हुने अनुमान गरिएको छ।
माइक्रोसफ्टका अनुसार आगामी डिसेम्बरबाट विन्डोज फोनका लागि सेक्योरिटी अपडेट पनि उपलब्ध हुनेछैन । अर्थात् डिसेम्बरपछि विन्डोज फोनको प्रयोग गर्दा भाइरस आक्रमणको खतरा बेहोर्नुपर्नेछ ।
हालै सोसल साइट रेडिटमा एकजना प्रयोगकर्ताले इन्स्टाग्रामको एउटा सन्देशको स्त्रिmनसट पोष्ट गरेका छन् । जसमा निकट भविष्यमै विन्डोज फोनमा इन्स्टाग्राम उपलब्ध नहुने उल्लेख गरिएको छ । त्यसमा भनिएको छ, ३० अपि्रलदेखि विन्डोज फोनमा इन्स्टाग्राम उपलब्ध हुनेछैन, यद्यपि वेब ब्राउजरबाट भने इन्स्टाग्राम प्रयोग गर्न सकिनेछ ।
विन्डोज फोनको अन्त्य २०१७ देखि नै भएको हो । चर्चित एप डेभलपर्सहरुले पनि विन्डोज फोनमा एप सपोर्ट पनि बन्द गरिसकेका छन् । अब विन्डोज फोनमा एप सपोर्ट बन्द गर्ने पालो फेसबुकको आएको छ । स्मरण रहोस् अहिलेपनि माइक्रोसफ्ट स्टोरमा फेसबुक, मेसेन्जर तथा इन्स्टाग्राम सबैभन्दा चर्चित एपको रुपमा रहेका छन् । एजेन्सी
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


