Jankari Kendra
१० आश्विन २०८३, शनिबार
Worldlink

अबदेखि वैदेशिक रोजगारीको लागि भिसा लागेको पाँच दिनभित्रै ऋण पाइने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, माघ, २१
अबदेखि वैदेशिक रोजगारीको लागि भिसा लागेको पाँच दिनभित्रै ऋण पाइने

माघ १६, जनकपुरधाम । वैदेशिक रोजगारीमा जाने युवालाई दुई वटा बैंकले बिना धितो सहुलियत ऋण दिने भएका छन् । प्रदेश २ बाट विदेश जाने युवाका लागि प्रदेश सरकारले नै बिना धितो ऋण दिने व्यवस्था मिलाएको हो ।

प्रदेश सरकारको समन्वयमा प्रदेश सरकार, सिप परियोजना र प्रभु बैक तथा एसबीआई बैंक बीच साउन महिनामा बैदेशिक रोजागरीमा जाने युवाहरुलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने सम्झौता भएको थियो । विहिबार जनकपुरधाममा आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउतले प्रभु बैंकको वैदेशिक रोजगार कर्जाको शुभारम्भ गरेका हुन् ।

सोहि अनुरुप प्रभु बैंकले बिहीबारबाट युवालाई ऋण दिन सुरु गरेको छ । बिहीबार मात्रै नौ जना युवाले वैदेशिक रोजगार ऋण पाएका छन् । एसबीआई बैंकले बुधबारदेखि ऋण प्रवाह गर्न सुरु गरेको छ । २ नम्बर प्रदेशका ५ जिल्लामा प्रभु बैंकले र तीन जिल्लामा एसबिआई बैंकले यो ऋण उपलब्ध गराउने सहमति भएको छ ।

प्रभु बैंकले यो सेवा सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा तथा सिराहा, धनुषा र महोत्तरीमा एसबीआई बैंकले ऋण प्रवाह गर्नेछ । वैदेशिक रोजगारमा जान चाहने युवाको भिसाा लागेको पाँच दिनभित्रै ऋण पाउनेछन् । वैदेशिक रोजगारीमा जाने युवाहरुले राहदानी बनाउने बितिकै बैंकमा नागरिकता, पासपोर्ट र ४ प्रति फोटो सहित निवेदन दिनुपर्नेछ । यसपछि बैंकले ती व्यक्तिको नाममा बचत खाता खोलिदिनेछन् । जब त्यो व्यक्तिको भिसा लाग्छ, त्यसपछि भिसासहितको करारपत्रको प्रतिलिपि बैकमा जम्मा गर्नुपर्नेछ । डकुमेन्ट पेश गरेको पाँच दिनभित्रै कर्जा उपलब्ध गराउने दुबै बैंकले प्रदेश सरकारसँग सहमति गरेका छन् ।

Top Changing Nepal

युट्युब सट्स