काठमाडौं । सन्दिप आचार्यको शब्दमा गायक विनोद दनुवारको आवाजमा रहेको गीत ‘खाएका थियौं बाचा कसम’को म्युजिक भिडियो सार्वजनिक भएको छ । Samishran Entertainment को प्रस्तुती रहेको गीत बुढा सुब्बा डिजिटल नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।
गीतको भिडियो निर्देशन सन्तोश पोखरेलले गरेका छन् । म्युजिक भिडियोमा सन्दिप आचार्य, आयुष्मा ढकाल, योगिशा खत्री, सन्देश पोखरेलको अभिनय देख्न सकिनेछ । भिडियोको सम्पादन राजन कार्कीले गरेका छन् ।