६०–४० को भागवण्डाले एमाले एकता बचाउने प्रयास
नेकपा एमालेभित्र एकता जोगाउन दोस्रो तहका नेताहरु विभिन्न सूत्रसहित सक्रिय भएका छन् । नेकपा छिन्नभिन्न भइसकेको अवस्थामा अब एमाले पनि छिन्नभिन्न हुनसक्ने भन्दै दोस्रो तहका नेताहरु सक्रिय भएका हुन् । विश्वस्त स्रोतका अनुसार एमालेभित्र ६०-४० को भागवण्डा गरेर एकता जोगाउने सुत्रसहित दोस्रो तहका नेताहरु सक्रिय भएका हुन् । उनीहरुले शिर्ष नेताहरुलाई भेटेर यसबारे कुरा राखिसकेका छन् ।
एमालेको नेतृत्व तह देखि जिल्ला र स्थानीय तहसम्म केपी शर्मा ओली समूहले ६० र माधवकुमार नेपाल समूहले ४० प्रतिशत भागवण्डा गरेर ६ महिनाभित्र महाधिवेशन गर्ने गरी सहमति निकाल्ने प्रयासहरु भएका छन् । अहिले एमालेको केन्द्रीय समितिमा ओलीको बहुमत छ । २८ फागुनमा उनले स्थायी कमिटीको पद खारेज गरिसकेका छन् । पदाधिकारीमा अध्यक्ष र महासचिवसहित सबै पद खारेज गरिदिएका छन् । अहिले एमालेभित्र सत्ता जोगाउनेबारे समेत गृहकार्य भइरहेको छ । एमाले एकतावद्ध भएमा अन्य दलको समिकरण बन्ने सम्भावना कमजोर हुने निष्कर्ष समेत दोस्रो तहका नेताहरुले निकालेका छन् । त्यस्तो अवस्थामा जनता समाजवादी पार्टीसँग पनि सहकार्य गर्न सकिने उनीहरुको बुझाई रहेको छ ।
यसैगरी, एउटा पक्ष माओवादी केन्द्रसँगै सहकार्यका लागि सक्रिय भएको छ । त्यसका लागि ओलीको विकल्पमा एमालेकै अर्का नेतालाई अगाडि बढाउने अभ्यास भइरहेको हो । तर, ओलीले सत्ता छाड्ने सम्भावना कमजोर छ ।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?