६०–४० को भागवण्डाले एमाले एकता बचाउने प्रयास
नेकपा एमालेभित्र एकता जोगाउन दोस्रो तहका नेताहरु विभिन्न सूत्रसहित सक्रिय भएका छन् । नेकपा छिन्नभिन्न भइसकेको अवस्थामा अब एमाले पनि छिन्नभिन्न हुनसक्ने भन्दै दोस्रो तहका नेताहरु सक्रिय भएका हुन् । विश्वस्त स्रोतका अनुसार एमालेभित्र ६०-४० को भागवण्डा गरेर एकता जोगाउने सुत्रसहित दोस्रो तहका नेताहरु सक्रिय भएका हुन् । उनीहरुले शिर्ष नेताहरुलाई भेटेर यसबारे कुरा राखिसकेका छन् ।
एमालेको नेतृत्व तह देखि जिल्ला र स्थानीय तहसम्म केपी शर्मा ओली समूहले ६० र माधवकुमार नेपाल समूहले ४० प्रतिशत भागवण्डा गरेर ६ महिनाभित्र महाधिवेशन गर्ने गरी सहमति निकाल्ने प्रयासहरु भएका छन् । अहिले एमालेको केन्द्रीय समितिमा ओलीको बहुमत छ । २८ फागुनमा उनले स्थायी कमिटीको पद खारेज गरिसकेका छन् । पदाधिकारीमा अध्यक्ष र महासचिवसहित सबै पद खारेज गरिदिएका छन् । अहिले एमालेभित्र सत्ता जोगाउनेबारे समेत गृहकार्य भइरहेको छ । एमाले एकतावद्ध भएमा अन्य दलको समिकरण बन्ने सम्भावना कमजोर हुने निष्कर्ष समेत दोस्रो तहका नेताहरुले निकालेका छन् । त्यस्तो अवस्थामा जनता समाजवादी पार्टीसँग पनि सहकार्य गर्न सकिने उनीहरुको बुझाई रहेको छ ।
यसैगरी, एउटा पक्ष माओवादी केन्द्रसँगै सहकार्यका लागि सक्रिय भएको छ । त्यसका लागि ओलीको विकल्पमा एमालेकै अर्का नेतालाई अगाडि बढाउने अभ्यास भइरहेको हो । तर, ओलीले सत्ता छाड्ने सम्भावना कमजोर छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
