फेरि होला लकडाउन?
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११ देखि एक साताका लागि लकडाउन गरेको थियो। तर, त्यसको अवधि थपिँदै लगिएको थियो। छिमेकी मुलुक भारतमा फेरि कोरोना संक्रमण बढ्न थालेसँगै नेपालमा त्रास बढेको छ। धेरैले प्रश्न गर्न थालेका छन्, ‘नेपालमा के होला ?’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा सागरराज भण्डारी गत वर्षझैं लकडाउन घोषणा गर्नु त्रुटिपूर्ण हुने बताउँछन्। ‘कार्यालय, विद्यालय, कलकारखाना र सार्वजनिक सवारी साधनलाई सिफ्टअनुसार सञ्चालन गर्नुपर्छ’, निर्देशक डा राजभण्डारी भन्छन्, ‘सबै नागरिकले आफ्नो कर्तव्य सम्झिएर जनस्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ।’ उनका अनुसार नयाँ संक्रमित मात्र होइन, खोप लगाएका व्यक्तिमा पनि पुनः संक्रमण देखिएको छ। ‘खोप लगाउँदैमा शतप्रतिशत सुरक्षित हुँदैन। संक्रमण हुने र अरूलाई सार्ने सम्भावना कायमै हुन्छ’, उनी भन्छन्।
गत वर्ष हवाई मार्ग र स्थल मार्ग भएर नेपाल आउनेलाई गरिएको ‘फरक मापदण्ड’ले लकडाउनको अवस्थामा पुर्याएको विज्ञको भनाइ छ। तेस्रो र दोस्रो लहरको मार खेपिरहेका मुलुकबाट स्वदेश छिर्नेलाई गत वर्षको गल्ती नदोहोर्याई समान मापदण्ड कायम गर्नुपर्ने उनीहरूको सुझाव छ। फैलिएको कोरोना भाइरस (कोभिड— १९) ले वैदेशिक रोजगार बेहाल अवस्थामा पुगेको छ। गन्तव्य मुलुकमा कोरोनाको कहर समाप्त नहुँदा अधिकांश मुलुक मुलुकमा कामदार जान पाएका छैनन्। वैदेशिक रोजगार विभागका अनुसार दैनिक ५ सयदेखि ६ सयसम्म कामदार वैदेशिक रोजगारीमा गइरहेका छन्। कोभिडअघि दैनिक १ हजार ५ सयभन्दा बढी कामदार दैनिक वैदेशिक रोजगारीमा जाने गरेका थिए।
वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले कोरोनाले वैदेशिक रोजगार प्रभावित भएको बताए। ‘गन्तव्य मुलुकमा कोरोनाको कारण कायमै रहेकाले सहज हुन अझै समय लाग्ने देखिन्छ’, उनले भने। कतिपय देशमा राजदूतावासले प्रमाणीकरणमा ढिलासुस्ती गरेका कारण कामदार रोजगारीमा जान पाएका छैनन्।
कोभिडले कतार, साउदी अरब, दुबई, ओमन मलेसिया तथा युरेपियन मुलुक प्रभावित भएका छन्। जापान, इजरायल र दक्षिण कोरिया पनि प्रभावित भएका छन्। इजरायल पठाउने कार्यविधि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रायका लागि कानुन र अर्थ मन्त्रालयमा पठाएको छ। अन्नपूर्ण पोस्ट्बाट
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी र १८.७६ अर्ब खुद बचत
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति