Jankari Kendra
२४ भाद्र २०८३, बुधबार
Worldlink

कोरोना संक्रमणको जोखिम बढेपछि गृहमन्त्रालयले दियो यस्तो निर्देशन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, चैत्र, ११
कोरोना संक्रमणको जोखिम बढेपछि गृहमन्त्रालयले दियो यस्तो निर्देशन

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले स्वास्थ्य मापदण्ड कडाई गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।गृहमन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गर्दै भीडभाड हुन नदिने र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयका अनुसार सोमवार नै सबै जिल्लाका सिडियोहरुलाई स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्न निर्देशन दिएको हो । जस अनुसार कतिपय जिल्लाहरुले कोरोना जोखिम कम गर्नका लागि निषेधाज्ञा समेत जारी गरिसकेका छन् । नेपालमा कोरोना संक्रमणको जोखिम बढ्न सक्ने बताउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत चैत ८ गते सभा, सम्मेलनमा रोक लगाउनका लागि आग्रह गरेको थियो ।

त्यसै अनुसार गृहमन्त्रालयले भारतसँगको सीमानाकाबाट नेपाल प्रवेश गर्नेहरुको रेकर्ड राख्नका लागि समेत निर्देशन दिएको छ । कोरोना जोखिम बढेपछि सीमानाकामा चेकजाँच र क्वारेन्टाइन तथा आइसोलेसन सेन्टरहरु अपडेट गर्न समेत सम्बन्धित जिल्ला प्रमुखहरुलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स