कोरोना संक्रमणको जोखिम बढेपछि गृहमन्त्रालयले दियो यस्तो निर्देशन
काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले स्वास्थ्य मापदण्ड कडाई गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।गृहमन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गर्दै भीडभाड हुन नदिने र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न निर्देशन दिएको हो ।
गृह मन्त्रालयका अनुसार सोमवार नै सबै जिल्लाका सिडियोहरुलाई स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्न निर्देशन दिएको हो । जस अनुसार कतिपय जिल्लाहरुले कोरोना जोखिम कम गर्नका लागि निषेधाज्ञा समेत जारी गरिसकेका छन् । नेपालमा कोरोना संक्रमणको जोखिम बढ्न सक्ने बताउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत चैत ८ गते सभा, सम्मेलनमा रोक लगाउनका लागि आग्रह गरेको थियो ।
त्यसै अनुसार गृहमन्त्रालयले भारतसँगको सीमानाकाबाट नेपाल प्रवेश गर्नेहरुको रेकर्ड राख्नका लागि समेत निर्देशन दिएको छ । कोरोना जोखिम बढेपछि सीमानाकामा चेकजाँच र क्वारेन्टाइन तथा आइसोलेसन सेन्टरहरु अपडेट गर्न समेत सम्बन्धित जिल्ला प्रमुखहरुलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
