काठमाडौं उपत्यकाको आकाशमा तुवालो, यस्तो हुन सक्ने खतरा
काठमाडौं । खराब मौसमसँगै प्रदुषणले राजधानी उपत्यका ढाकिएको छ । बिहानैदेखि धुम्म काठमाडौं दिउँसो तुवालोले भरिएको छ । प्रतिकुल मौसमी अवस्थाका कारणले प्रदूषित हावा उपत्यकाभित्रै जाम भएको छ । यो रिलिज नहुँदासम्म काठमाडौंको आकाश सफा हुने छैन ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव र वायुमण्डलमा जम्मा भएका धुलोका कणका कारण उपत्यका तुवालोले ढाकिएको हो । उपत्यकासँगै केही पहाडी भू-भागको मौसम समेत बदली भएको छ ।
वायु प्रदूषण खतराको तहमा पुगेपछि वातावरण विभागले बालबालिका, वृद्धवृद्धा, श्वासप्रश्वासका र मुटुका विरामी सकेसम्म घर बाहिर ननिस्कन आग्रह गरेको छ । बिहान र बेलुकाको समयमा प्रदूषण अत्याधिक बढेको पाइएकाले घर बाहिर निस्कदा विशेष सावधानी अपनाउन विभागले सुझाएको छ ।
त्यस्तै तराई क्षेत्रका सहरहरूमा पनि वायु प्रदूषणको मात्रा उच्च भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ । फोहोर र आगो बाल्दा वायु प्रदूषण बढ्ने भएकोले यस्तो कार्य नगर्न आग्रह गरिएको छ । केही दिन अघिदेखि नै उपत्यकाको आकाश धुम्म भएको थियो ।
शुक्रबार तुवालोले उपत्यका पूरै ढाकिएको छ । राजधानीबासीको स्वास्थ्यमा यसले नकारात्मक असर पार्ने खतरा देखिन्छ । राजधानीबासीले हावामा धुँवाको गन्ध मात्रै होइन्, आँखा, घाँटी पोल्ने समस्या पनि बढेको अनुभव गरेका छन् । अनौठो खालको उकुसमुकुसको अनुभव भइरहेको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
