फेरि फैलन थाल्यो कोरोनाको त्रास, जारी भयो अनिश्चितकालीन निषेधाज्ञा
अछाम । भारतमा फैलिरहेको कोरोना सङ्क्रमण अछाम भित्रिनेहरूमा आउन सक्ने भन्दै अनिश्चितकालीन आंशिक निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय अछामले बुधबार रातिबाट लागू हुने गरी होरी (होली), मेला, पर्व, बैठक, भेला, जुलुसमा प्रतिबन्ध लगाएको छ ।
भारतबाट घर फर्किने समय भएकोले कोरोना फैलन नदिनका लागि अत्यावश्यक व्यवसाय, कलकारखाना र छोटो दूरीका सवारी साधन बिहान ४ बजेदेखि राति १० बजेसम्म मात्र सञ्चालनमा ल्याउन कार्यालयले समय निर्धारण गरेको छ ।
ज्वरो आएका यात्रुका मलेरिया, आरडीटी वा कोभिड-१९ को एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । बैठक, गोष्ठी वा सेमिनार गर्नु परेमा भर्चुअल माध्यमबाट मात्रै गर्नुपर्ने प्रशासन कार्यालयको सूचनामा उल्लेख छ । मास्क, सेनिटाइजर र भौतिक दूरी कडाइका साथ पालना गर्न भनिएको प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए ।
आदेशको अवज्ञा भए सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने प्रशासनद्वारा जारी गरिएको आदेशमा उल्लेख छ । गोरखापत्रमा खबर छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
