Jankari Kendra
९ श्रावण २०८३, शनिबार

यसरी हुँदैछ काठमाडौं उपत्यकामा मेलम्ची खानेपानीको वितरण

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७७, चैत्र, १४
यसरी हुँदैछ काठमाडौं उपत्यकामा मेलम्ची खानेपानीको वितरण

काठमाडौं । उपत्यका खानेपानी लिमिटेड केयूकेएलले धारामा पानी वितरण गर्ने तयारी भइरहेको जनाएको छ । आइतबार खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी भरेर वितरण शुरु गरिने मेलम्ची खानेपानी उप आयोजना–२ आयोजना निर्देशनालयले जनाएको छ ।

बीडीएसले एकैचोटि १७ करोड लिटरको भार थाम्न नसक्ने हुनाले विस्तारै पानीको परिमाण बढाउँदै लैजाने निर्देशनालयले जनाएको हो । चैत १५ गते चार करोड लिटर पानी छाडेको दुई दिनपछि सुन्दरीजल र बालाजु बीडीएसमा पानी छाड्ने तयारी भइरहेको छ ।

सुन्दरीजलको पानी प्रशोधन केन्द्रबाट दैनिक साढे ६ करोड लिटर पानी छाड्ने तयारी गरेको मेलम्ची खानेपानी उप आयोजना–२ आयोजना निर्देशनालयले जनाएको छ । चैत २१ गते पानी पोखरी र बाँसबारीस्थित ट्यांकीमा दैनिक साढे आठ करोड लिटर पानी छाडेर उक्त प्रणालीबाट वितरण गरिने भएको छ ।

उपत्यका खानेपानी लिमिटेड केयूकेएलले मेलम्चीको पानी शुक्रबारदेखि नै थोक वितरणमा पठाइएकाले १५ गते पहिलो दिनदेखि नै पिउन योग्य पानी धाराधारामा पठाइने जनाएको छ । केयूकेएलका सहायक प्रवन्धक नारायण कर्णका अनुसार पाइपको फोहार पखाल्न शुक्रबारदेखि नै थोक वितरणमा पानी पठाइएको छ ।

पाइपको फोहोर सफा गर्न पानी पठाइएकाले १५ गतेसम्म फोहोर सफा भइसक्नेछ । तैपनि केही दिन मेलम्चीको पानी उपयोग गर्ने उपत्यकाबासीले पानी तताएर वा फिल्टर गरेर पिउँदा राम्रो,” उनले भने, ‘‘मेलम्चीको पानी सफा हो । सुन्दरीजलमा खाना मिलिरहेको छ । धारामा पनि सफा पानी जाने हो ।

युट्युब सट्स