यसरी हुँदैछ काठमाडौं उपत्यकामा मेलम्ची खानेपानीको वितरण
काठमाडौं । उपत्यका खानेपानी लिमिटेड केयूकेएलले धारामा पानी वितरण गर्ने तयारी भइरहेको जनाएको छ । आइतबार खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी भरेर वितरण शुरु गरिने मेलम्ची खानेपानी उप आयोजना–२ आयोजना निर्देशनालयले जनाएको छ ।
बीडीएसले एकैचोटि १७ करोड लिटरको भार थाम्न नसक्ने हुनाले विस्तारै पानीको परिमाण बढाउँदै लैजाने निर्देशनालयले जनाएको हो । चैत १५ गते चार करोड लिटर पानी छाडेको दुई दिनपछि सुन्दरीजल र बालाजु बीडीएसमा पानी छाड्ने तयारी भइरहेको छ ।
सुन्दरीजलको पानी प्रशोधन केन्द्रबाट दैनिक साढे ६ करोड लिटर पानी छाड्ने तयारी गरेको मेलम्ची खानेपानी उप आयोजना–२ आयोजना निर्देशनालयले जनाएको छ । चैत २१ गते पानी पोखरी र बाँसबारीस्थित ट्यांकीमा दैनिक साढे आठ करोड लिटर पानी छाडेर उक्त प्रणालीबाट वितरण गरिने भएको छ ।
उपत्यका खानेपानी लिमिटेड केयूकेएलले मेलम्चीको पानी शुक्रबारदेखि नै थोक वितरणमा पठाइएकाले १५ गते पहिलो दिनदेखि नै पिउन योग्य पानी धाराधारामा पठाइने जनाएको छ । केयूकेएलका सहायक प्रवन्धक नारायण कर्णका अनुसार पाइपको फोहार पखाल्न शुक्रबारदेखि नै थोक वितरणमा पानी पठाइएको छ ।
पाइपको फोहोर सफा गर्न पानी पठाइएकाले १५ गतेसम्म फोहोर सफा भइसक्नेछ । तैपनि केही दिन मेलम्चीको पानी उपयोग गर्ने उपत्यकाबासीले पानी तताएर वा फिल्टर गरेर पिउँदा राम्रो,” उनले भने, ‘‘मेलम्चीको पानी सफा हो । सुन्दरीजलमा खाना मिलिरहेको छ । धारामा पनि सफा पानी जाने हो ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
