वैशाख १ बाट ट्रायल पास हुने बित्तिकै लाइसेन्स पाइने !
काठमाडौं । सरकारले वैशाख १ बाट ट्रायल पास भएलगत्तै अस्थायी लाइसेन्स उपलब्ध गराउने भएको छ । उक्त व्यवस्था लागु भएपछि हाल ट्रायल पास गरेको १ वर्ष बितिसक्दा पनि चालकले लाइसेन्स पाउन नसक्ने समस्याको अन्त्य हुने विभागले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी वैशाख १ गतेबाट सवारी साधन सञ्चालन अनुमति पत्र (लाइसेन्स) को नयाँ व्यवस्था गर्ने भएको हो । मन्त्रालयले विभागलाई यसै अनुसार निर्देशन दिएसँगै यो व्यवस्था विभागले वैशाख १ बाट लागु गर्ने बताएको छ ।
लाइसेन्सको प्रयोगात्मक परीक्षाका लागि सेवाग्राहीको लामो लाइन, प्रक्रियामुखी परीक्षा र लाइसेन्स प्रिन्टिङको ढिलाइ आदि कारणले सरकार प्रति जनताको गुनासो रहेको स्वीकार्दै प्रधानमन्त्री ओलीले यस विषयमा चासो राख्दै ट्रायल परीक्षाको प्रक्रियालाई सहज र लाइसेन्स प्राप्त गर्ने अवधि छोटो बनाउन मन्त्रालयलाई निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले केही समयअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री र सचिवलाई लाइसेन्सको प्रक्रिया तुरुन्त सुधार गर्न निर्देशन दिएपछि मन्त्रालयले यसमा आवश्यक गृहकार्य अघि बढाएको मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले जानकारी दिए ।
सचिव श्रेष्ठका अनुसार हालसम्म लाइसेन्सको प्रयोगात्मक परीक्षा पास गर्न शतप्रतिशत अंक ल्याउनु पर्नेमा अब ७० अंक ल्याए लाइसेन्स पाइनेछ । परीक्षामा ७० प्रतिशत अंक ल्याउने चालकलाई तत्कालै अस्थायी लाइसेन्स दिइनेछ ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
आज धेरै ठाउँमा वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

