‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ मापसे जाँच गर्न प्रहरीलाई प्रदान
डाेटीमा मादक पदार्थ सेवन गरे/नगरेका बारेमा जाँच गर्नका लागि प्रहरीलाई सजिलो होस् भन्ने उद्देश्यले नौ थान ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीले जिल्ला प्रहरी कार्यालय डोटीलाई उक्त ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान गरेको हो । सवारी चालकले मापसे गरी सवारी साधन चलाएको छ÷छैन भन्ने विषयमा जानकारी लिनका लागि सजिलो होस् भन्ने उद्देश्यले उक्त मेसिन प्रदान गरिएको जिल्ला स्वास्थ्य प्रमुख रमेश मलासीले जानकारी दिए।
जिल्लामा मादक पदार्थ सेवन गरी सवारी चलाउनेको सङ्ख्या बढ्दै गएको र सोही कारणले सवारी दुर्घटना बढ्न थालेपछि उनीहरुले कति मात्रामा मादक पदार्थ सेवन गरेको छ भन्ने विषयमा जानकारी लिन उक्त मेसिनले अब जाँच गर्न सहज हुने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए ।
उनले भने, ‘मापसे गरी सवारी चलाउनेको सङ्ख्या बढ्दै गएको पाइयो, अब मेसिनबाट मापसे कति गरेको छ भन्ने सहजै पत्ता लाग्ने र कारवाही गर्न पनि सजिलो हुने भएको छ ।’
यसैगरी सडक दुर्घटना न्यूनीकरण तथा महामारी नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेशको एक मात्र पहाडी जिल्लाको भीमदत्त राजमार्गस्थित डोटीको जोरायल गाउँपालिका–२ बुडरमा स्थापना गरिएको हेल्थ डेस्कलाई पनि दुई थान ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान गरिएको छ ।
एक थान स्वास्थ्य कार्यालयमै राखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । उक्त राजमार्गमा सञ्चालन हुने सवारी साधनका चालकलाई दैनिकरूपमा उक्त मेसिनद्वारा मापसे गरे÷नगरेका बारेमा जानकारी लिन थालिएकोे छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
