मेरो सेयर सफ्टवेयरमा बिहानैदेखि समस्या, सीडीएस भन्छ–समाधानको प्रयास हुँदैछ
जानकारी केन्द्र
२०७७, चैत्र, १७
काठमाडौं : मेरो सेयर सफ्टवेयरमा मंगलबार बिहानदेखि समस्या आएको छ । जसका कारण लगानीकर्ताले बिक्री गरेको सेयर इडीआइएस गर्न पाएका छैनन । सोमबार बिक्री गरेको सेयर लगानीकर्ताले मंगलबार इडीआइएस गर्नुपर्छ । तर, मंगलबार बिहानदेखि मेरो सेयर नचलेपछि लगानीकर्तालाई क्लोज आउटमा परिन्छ कि भन्ने तनाव भएको छ ।
यता, सीडीएसका प्रवक्ता सुरेश न्यौपाने समस्या समाधानको प्रयास भइरहेको बताएका छन् । उनले भने, ‘सिस्टममा आएको समास्या समाधान हुँदैछ । अबको केही समयमा नै सिस्टम चल्छ ।’ तथापि, मेरो सेयरमा बराम्बार समस्या आउने गरेको छ ।
केही दिनअघि पनि मेरो सेयरमा समस्या देखिएपछि लगानीकर्तालाई सीडीएसले सेयर इडीआइएस गर्ने समय थपेको थियो । मंगलबार पनि इडीआइएस गर्ने समय थप गर्ने सम्बन्धमा छलफल भइरहेको छ । तथापि, सिस्टम चलेपछि मात्रै यसबारेमा निर्णय हुने सीडीएसले जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
