जनगणनाका लागि ११ हजार सुपरीवेक्षको नाम निकाल्दै तथ्यांक विभाग
काठमाडौं: राष्ट्रिय जनगणना २०७८ का लागि सुपरीवेक्षक पदका लागि आज नतिजा प्रकाशित हुँदैछ। विभागका अनुसार आवेदकहरुले पेस गरेका व्यक्तिगत विवरणका आधार उत्कृष्ट आवेदक छनोट अन्तिम चरणमा पुगेको छ।
विभागका अनुसार करिब ८ हजार सुपरिवेक्षणक लागि ४२ हजार जनाले आवेदन गरेका थिए। ती मध्ये छनोट सूचीमा परेका ११ हजार जनाको नाम आज सार्वजनिक हुँदैछ। यी नाम सम्बन्धित जिल्ला जनगणना कार्यलयमा पठाइन्छ।
‘छनोट सूचीमा परेका उम्मेदवारहरुलाई सम्बन्धित जिल्ला जनगणना कार्यलयमा पठाउँछौं,’ विभागका जनगणना महाशाखाका निर्देशक ढुण्डीराज लामिछानेले भने, ‘त्यहाँबाट आफ्नो कार्यक्षेत्र सहित छनौट भएका उम्मेदवारले सुपरिवेक्षकको नियुक्ति पाउनेछन्।’ प्रत्येक घरघरमा पुगेर घरपरिवार सुची फारम भर्नुपर्ने हुन्छ। त्यसबाहेक आफ्नो मातहतमा रहेका गणकलाई सहजीकरण गर्ने काम पनि सुपरीवेक्षकले गर्नेछन्।
यसवर्ष सुपरीवेक्षक र गणकका लागि खुला आवेदन माग गरिएको थियो। अघिल्ला जनगणनामा यी कामका लागि साुमदायिक विद्यालयका शिक्षकलाई प्रयोग गरिएको थियो।
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
