जनगणनाका लागि ११ हजार सुपरीवेक्षको नाम निकाल्दै तथ्यांक विभाग
काठमाडौं: राष्ट्रिय जनगणना २०७८ का लागि सुपरीवेक्षक पदका लागि आज नतिजा प्रकाशित हुँदैछ। विभागका अनुसार आवेदकहरुले पेस गरेका व्यक्तिगत विवरणका आधार उत्कृष्ट आवेदक छनोट अन्तिम चरणमा पुगेको छ।
विभागका अनुसार करिब ८ हजार सुपरिवेक्षणक लागि ४२ हजार जनाले आवेदन गरेका थिए। ती मध्ये छनोट सूचीमा परेका ११ हजार जनाको नाम आज सार्वजनिक हुँदैछ। यी नाम सम्बन्धित जिल्ला जनगणना कार्यलयमा पठाइन्छ।
‘छनोट सूचीमा परेका उम्मेदवारहरुलाई सम्बन्धित जिल्ला जनगणना कार्यलयमा पठाउँछौं,’ विभागका जनगणना महाशाखाका निर्देशक ढुण्डीराज लामिछानेले भने, ‘त्यहाँबाट आफ्नो कार्यक्षेत्र सहित छनौट भएका उम्मेदवारले सुपरिवेक्षकको नियुक्ति पाउनेछन्।’ प्रत्येक घरघरमा पुगेर घरपरिवार सुची फारम भर्नुपर्ने हुन्छ। त्यसबाहेक आफ्नो मातहतमा रहेका गणकलाई सहजीकरण गर्ने काम पनि सुपरीवेक्षकले गर्नेछन्।
यसवर्ष सुपरीवेक्षक र गणकका लागि खुला आवेदन माग गरिएको थियो। अघिल्ला जनगणनामा यी कामका लागि साुमदायिक विद्यालयका शिक्षकलाई प्रयोग गरिएको थियो।
सम्बन्धित समाचार
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
१८ अर्ब डलरको सम्झौतापछि मेटाले फेर्दै फेसबुक–इन्स्टाग्रामका फिचर
आज क्वाटी खाने दिनः घरमै बनाउनुहोस् स्वादिलो र पौष्टिक क्वाँटी
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

