वैदेशिक रोजगारीमा मलेसिया गएका १२ जना नेपालीकाे शव ल्याइयो
मलेसियाबाट एकै दिन १२ वटा शव नेपाल ल्याइएको छ। आइतबार नेपाल एयरलाइन्सबाट एक साथ १२ शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपुर्याएको विमानस्थल कार्यालयले जनाएको छ। मलेसियामा ज्यान गुमाएका महोत्तरीका देवेन्द्रकुमार यादव, नवलपरासीका नुमबहादुर लुंगेली मगर, सर्लाहीका चन्द्रकुमार साह, गोर्खाका मेघबहादुर कुँवर र सूर्य विकको शव आइतबार ल्याइएको हो।
भोजपुरका भुपाल पाण्डे, पाँचथरका सूर्यबहादुर चौहान, सुनसरीका विष्णु राजधामी र महेन्द्रप्रसाद मेहता, बाग्लुङका चन्द्रबहादुर विक, बाँकेका विनय कहर र झापाका उज्वल भुजेलको शव पनि ल्याइएको छ। रोजगारीका क्रममा रहेका र विभिन्न समयमा ज्यान गुमाएका नेपालीको शव एकैसाथ ल्याइएको सो कार्यालयले जनाएको छ।
पछिल्लो समय खाडीका देश र मलेसियामा ज्यान गुमाउने नेपालीको संख्या बढ्दै गएको छ।
आफ्नो निर्वाचन क्षेत्रका युवाको शव समेत ल्याएको थाहा पाएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई त्रिभुवन विमानस्थल पुगेका थिए। उनले वैदेशिक रोजगारीमा मलेसिया गएका १२ जना नेपाली युवाको शव एकैदिन आइपुगेको देख्दा र आफन्तहरुको भावविह्वल अवस्था देख्दा आँशु नथामिएको बताएका छन्।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
