विद्यार्थीसँग रकम लिएर प्रश्नपत्र आउट, १ कर्मचारीसहित १० जना पक्राउ
विराटनगर । विद्यार्थीहरूसँग मोटो रकम लिएर परीक्षा हुनुभन्दा दुई घण्डा अगाडि नै प्रश्नपत्र आउट गर्ने पूर्वाञ्चल विश्वविद्यालय (पियू) का १ कर्मचारीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
क जना कर्मचारी र ९ जना विद्यार्थीहरूलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । प्रहरीले ८ जना विद्यार्थीहरूलाई काठमाडौंबाट शनिबार राती पक्राउ गरी ल्याएको छ भने अन्य दुई जनालाई विराटनगरबाटै पक्राउ गरेको हो । यस घटनामा मोरङ प्रहरीले ८ वैशाखमा सप्तरी घर भएका महेश यादवलाई पक्राउ गरी ‘शिक्षा ऐन’ अनुसार म्याद थप गरेर अनुसन्धान गर्दै आएको छ ।
पूर्वाञ्चल विश्वविद्यालय अन्तरगतको इन्जिनियरिङ संकायको स्नातक दोस्रो सेमेस्टरको फिजिक्सको परीक्षा हुनुभन्दा दुई घण्डा अगाडि ३ वैशाखमा प्रश्नपत्र बाहिरिएको थियो । १ बजेदेखि हुने फिजिक्सको परीक्षा प्रश्नपत्र कर्मचारीको मिलेमेतामा ११ बजे नै आउट भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
परीक्षाअघि प्रश्नपत्र सार्वजनिक भएपछि परीक्षा नियन्त्रण कार्यालयका प्रमुख प्रा.डा. सूर्यप्रसाद संग्रौलाले तत्काल अर्को प्रश्नपत्र बनाएर परीक्षा लिनुभएको थियो । उहाँले प्रश्नपत्र आउट भएपछि अनुसन्धान गरिदिन भन्दै मोरङ प्रहरीमा निवेदन दर्ता गराउनुभएकाे थियो ।
पक्राउ परेका विद्यार्थी र कर्मचारीलाई आज २ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने मोरङ प्रहरीले तयारी गरेको छ । अनुसन्धानमा प्रश्नपत्र आउट गर्ने कर्मचारीलाई प्रत्येक विद्यार्थीहरूले १० देखि २० हजारभन्दा बढी रकम दिएको खुलेको छ ।
पूर्वाञ्चल विश्वविद्यालयले लिने हरेक प्राविधिक विषयको प्रश्नपत्र परीक्षाभन्दा पहिला नै शृङ्खलाबद्ध रूपमा बाहिरिँदै आएका छन् । दुई वर्षअगाडि पनि कर्मचारीको मिलेमतोमा प्रश्नपत्र आउट भएको थियो । त्यसबेलाको घटना अनुसन्धान नभएरै सेलाएको थियो ।
यसरी पियूले लिने परीक्षाको प्रश्नपत्र बाहिर पुर्याउन परीक्षाको गोप्य शाखाका कर्मचारीको हात हुने गरेकाे विश्वविद्यालयले शंका गरेको छ ।
अहिले इन्जिनियरिङ संकायको स्नातकको चौथो, छैठौं र आठौं तहको फाइनल परीक्षा भइरहेको छ । चैत २३ देखि सुरू भएको परीक्षा वैशाख २३ गतेसम्म संचालन हुने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
आज धेरै ठाउँमा वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

