एसईई सञ्चालनको विकल्पबारे कार्यदलले सुझाव तयार गर्दै
काठमाडौँ, १२ वैशाख: कोभिड–१९ का कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई) बारे कार्यदलले काम गरिरहकाले दुई साताभित्र विभिन्न विकल्पसहित सुझाव तयार हुने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोभिडको दोस्रो लहरको प्रभाव कहिलेसम्म रहन्छ भन्ने स्पष्ट नभएकाले नयाँ शैक्षिक सत्र र परीक्षाबारे निर्णयमा पुग्न समस्या भएको जनाउँदै एसईईबारे एकदुई हप्ताभित्र निर्णय गरिने बताए । ‘गल्लीगल्ली डटइन्फो’ले आज भर्चुअलरुपमा आयोजना गरेको छलफल कार्यक्रममा प्रवक्ता शर्माले शिक्षक र अभिभावक तम्तयार र उनीहरुबीचको जीवन्त सम्पर्क नभएकाले सिकाइ तथा मूल्याङ्कन सफल नहुने भएकाले विभिन्न माध्यमको प्रयोग गरी स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर बालबालिकाको शैक्षिक अधिकार सुनिश्चित गर्नुपर्ने बताए ।
उनले वार्षिक परीक्षा सम्पन्न गरेका विद्यालयले नयाँ शैक्षिकसत्र सञ्चालन गर्न सक्ने स्पष्ट गरे । कक्षा ८, १० र १२ बाहेकका अन्य परीक्षा सम्बन्धित विद्यालयले सञ्चालन गर्न सक्नेछ । बालबालिका विज्ञ डा मीनाक्षी दाहालले विषम स्थितिमा बालबालिकालाई समग्र मनोवैज्ञानिक पक्षमा नकारात्मक असर पार्न नहुने बताए । अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले शिक्षक र विद्यार्थीलाई सहजरुपमा सूचना प्रविधिका साधनमा जोड्नका लागि तीनै तहका सरकारले प्रभावकारी काम नगरेको गुनासो गरे ।
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
