जारी निषेधाज्ञा आज मध्यराति सकिँदै, अब के होला ?
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आज आइतबार मध्यराति सकिँदैछ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको अवधि सकिँनै लाग्दा नयाँ रणनीति तय गर्न आइतबार आज दिउँसो ३ बजे काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को बैठक बस्दैछ ।
काठमाडौंमा वैशाख १६ बाट निषेधाज्ञा जारी छ । तर, पछिल्लो पटक पसल बार अनुसार सञ्चालनमा छन् भने सार्वजनिक र निजी सवारी साधन जोर बिजोर प्रणालीमा चलिरहेका छन् । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बैठकका निर्णय साँझ ५ बजेसम्ममा सार्वजनिक गरिने बताए ।
हाल २५ भन्दा बढी सिटका सार्वजनिक यातायात सञ्चालनमा छन् । खाद्य पसल बिहान ६ बजेदेखि तथा अन्य पसल पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खुला गरिएको छ । यी पसल व्यवसाय सञ्चालनमा थप सहज बनाएर निषेधाज्ञा थप्ने तयारी रहेको उनले बताए । बैंक तथा वित्तीय संस्थासँगै कार्यालयहरु यसअघि नै सञ्चालनमा आइसकेका छन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
