Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

सन्जीताको सक्कीगोनिमा प्रवेश

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, असार, २६
सन्जीताको सक्कीगोनिमा प्रवेश

निषेधाज्ञा खुकुलो भएसँगै लोकप्रिय हास्य टेलिसिरियल ‘सक्किगोनि’को प्रशारण नियमित हुन थालेको छ । निषेधाज्ञापछि नयाँ कथामा टेलिसिरियलको नयाँ भाग प्रशारण सुरु गरिएको छ । नयाँ भागमा केही कलाकार थपिएका छन् ।

बिहीबार प्रशारित भएको भागमा दुई नयाँ कलाकारहरु देखिएका छन् । उनीहरु हुन्, सन्जीता पाण्डे र कविराज भाम । यी दुईलाई बाउछोरीको भूमिकामा टेलिसिरियलमा भित्राइएको हो । पोखराकी सन्जीता केही म्युजिक भिडियोमा काम गरेकी कलाकार हुन् भने मुगुका कविराज थिएटरका कलाकार हुन् । टेलिसिरियलका लेखक, निर्देशक एवं कलाकार समेत रहेका कुमार कट्टेल ‘जिग्री’ले नयाँ कथा शुरु भएसँगै दुई कलाकारहरुलाई कथाको माग अनुसार अभिनय गराएको बताए ।

Top Changing Nepal

युट्युब सट्स