Jankari Kendra
९ श्रावण २०८३, शनिबार

काठमाडौं उपत्यकाको निषेधाज्ञाबारे निर्णय गर्न सिडिओहरूको बैठक बस्दै

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७८, श्रावण, १०
काठमाडौं उपत्यकाको निषेधाज्ञाबारे निर्णय गर्न सिडिओहरूको बैठक बस्दै

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने/नथप्नेबारे निर्णय गर्न बैठक बस्ने भएको छ। यसबारे निर्णय गर्न उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरू आइतबार अपराह्न ४ बजे बैठक बस्न लागेका हुन्।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार काठमाडौंमा निषेधाज्ञा थप्ने गरी छलफल गर्ने तयारी छ। साबिकका केही निर्णयहरू परिवर्तन गरी निषेधाज्ञा लम्ब्याउन लागेको उनले बताए।

‘४ बजे बैठक बस्ने तयारी छ। निषेधाज्ञा थप्ने भन्ने नै छ। अब केही निर्णयहरू परिवर्तन होला अरू प्राय: साबिककै निर्णयहरू हुन्छन्,’ पराजुलीले भने।

साउन १ गतेबाट थपिएको निषेधाज्ञा सोमबार सकिँदैछ। अहिले जारी निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब लगायत मानिसहरू भिडभाड हुने कार्यक्रमहरू सञ्चालन गराउन अनुमति दिएको छैन।

त्यस्तै खुला सुथानमा मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज गर्न पाइन्न। शैक्षिक संस्थाहरू पनि अहिले भौतिक उपस्थितिमा पठनपाठन गर्न अनुमति दिइएको छैन। स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन।

युट्युब सट्स