काठमाडौं उपत्यकाको निषेधाज्ञाबारे निर्णय गर्न सिडिओहरूको बैठक बस्दै
काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने/नथप्नेबारे निर्णय गर्न बैठक बस्ने भएको छ। यसबारे निर्णय गर्न उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरू आइतबार अपराह्न ४ बजे बैठक बस्न लागेका हुन्।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार काठमाडौंमा निषेधाज्ञा थप्ने गरी छलफल गर्ने तयारी छ। साबिकका केही निर्णयहरू परिवर्तन गरी निषेधाज्ञा लम्ब्याउन लागेको उनले बताए।
‘४ बजे बैठक बस्ने तयारी छ। निषेधाज्ञा थप्ने भन्ने नै छ। अब केही निर्णयहरू परिवर्तन होला अरू प्राय: साबिककै निर्णयहरू हुन्छन्,’ पराजुलीले भने।
साउन १ गतेबाट थपिएको निषेधाज्ञा सोमबार सकिँदैछ। अहिले जारी निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब लगायत मानिसहरू भिडभाड हुने कार्यक्रमहरू सञ्चालन गराउन अनुमति दिएको छैन।
त्यस्तै खुला सुथानमा मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज गर्न पाइन्न। शैक्षिक संस्थाहरू पनि अहिले भौतिक उपस्थितिमा पठनपाठन गर्न अनुमति दिइएको छैन। स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
