एक साता निषेधाज्ञा थपियो, अब के खुल्ने, के नखुल्ने ?
काठमाडौं उपत्यकामा सात दिन निषेधाज्ञा थपिएको छ । मंगलबार काठमाडौंका तीन जिल्ला प्रमुखको बसेको बैठकले थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । पहिलेकै निर्णयहरूलाई कडाइ गर्दै थप एक हप्ता निषेधाज्ञा गरिएको हो ।
हालसम्म सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरील, शैक्षिक संस्थालगायत बढी भीडभाड हुने ठाउँ बन्द छन् । निषेधज्ञा खुकुलो भएसँगै औषधि तथा स्वास्थ्य सामग्रीका पसलबाहेक अरू पसल तथा व्यवसाय साँझ ७ बजेसम्म मात्रै सञ्चालन हुँदै आएका छन् ।
यस्तै रेष्टुरेन्ट तथा फास्ट फुड, अनलाइन अर्डर र टेक अवेका सेवाहरू पनि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ । यस्तै मंगलबार मात्रै पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको भन्दै भीडभाडजन्य क्रियाकलाप नगर्न प्रशासन कार्यालयले आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले एक सूचना जारी गर्दै संक्रमणको उच्च जोखिम यथावत रहेकाले सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्याली जस्ता गतिविधि नगर्न आग्रह गरेका हुन् ।
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
