Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

सवारी लाइसेन्सको परीक्षा खुल्दै, यस्ता छन् नयाँ मापदण्ड

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७८, भाद्र, ११
सवारी लाइसेन्सको परीक्षा खुल्दै, यस्ता छन् नयाँ मापदण्ड

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी लाइसेन्सको लिखित तथा प्रयोगत्मक परीक्षा खुलाउने भएको छ । विभागले कोभिड १९ संक्रमणको अवस्थामा सवारी चालक अनुमति पत्र परीक्षा सम्बन्धी मापदण्ड लागू गर्दै लाइसेन्सको परीक्षा खुलाउने भएको हो ।

मापदण्ड अनुसार कार्यलयको जनशक्ति, परिक्षा सञ्चालनको लागि आवश्यक भवन र परीक्षा हलको उपलब्धताको आभारमा एक सिफ्टमा बढीमा १०० जना परिक्षार्थीको परीक्षा गराउने सकिनेछ ।

एउटा कोठामा बढीमा २५ जना परीक्षार्थी रहने गरी परीक्षा व्यवस्थापन गर्नुपर्नेछ । तर परीक्षा हल ठुलो भएमा स्वास्थ्य मापदण्ड पुरा गरेर २५ जना भन्दा बढी परीक्षार्थी समावेश गराउन सकिने मापदण्डमा उल्लेख छ ।

यस्तै ट्रायल परीक्षाको लागि भने सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी कार्यालयको जनशक्ति र ट्रायल परीक्षाको लागि आवश्यक स्थानको आधारमा परीक्षा सञ्चालन गर्न सकिनेछ ।

ट्रायल परीक्षा सञ्चालन गर्दा एक सिफ्टमा बढीमा ५० जना परिक्षार्थीलाई सहभागि गराउन सकिने व्यवस्था छ । सवारी चालक अनुमति पत्र परीक्षा (सञ्चालन तथा व्यवस्थापनं) सम्बन्धी मापदण्ड, २०७८ यस्ता रहेका छन् ।

Top Changing Nepal

युट्युब सट्स