वर्ल्डलिंकले शुरू गर्यो ३०० एमबिपिएस क्षमता गतिको इन्टरनेट ।
नेपालको सबैभन्दा ठूलो ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले अब घरभरि सबै तल्लामा समान गतिको इन्टरनेट उपलब्ध गराउने भएकोछ । वर्ल्डलिंक फोटोन स्किम अन्तर्गत यो इन्टरनेट सेवा सुरू गरेको छ । फोटोन उच्च गतिको इन्टरनेट हो । यसले घरभरि समान रूपमा इन्टरनेट उपलब्ध गराउँछ । नेपालमा पहिलो पटक ३०० एमबीपीएस सम्मको गतिमा इन्टरनेट उपलब्ध हुने छ ।
फोटोन स्किममा ग्राहकहरुले मेस वाइफाइ प्रणाली बाट घरभरि नै धेरै उच्च गतिमा इन्टरनेट प्राप्त गर्ने छन । यस्तो वाइफाइ प्राप्त गर्न नोकियाको बेकन १.१ राउटरहरु प्रयोग गरिनेछ । यसले हाल घरहरुमा भईरहेको ढिला गतिका इन्टरनेटको सम्स्याको समाधान मेस वाइफाइले गराउने छ । इन्टरनेट प्रयोगको एक उत्कृष्ट अनुभव दिन वर्ल्डलिंकले घरभित्र धेरै राउटरहरुलाइ नेटवर्किंग गर्ने छ । मेष वाइफाइ प्रणाली स्मार्ट जडानमा आधारित प्रणाली हो । यस्तो प्रणाली बिस्तारिकरण राउटर भन्दा धेरै राम्रो हुन्छ । मेष वाईफाईमा सबै राउटरहरु एक अर्कासंग जोडिएका हुन्छन । त्यसमा म्यानुअल रूपमा वाईफाई प्रयोगकर्ताको युजरनेम परिवर्तन गर्ने आवश्यकता पर्दैन। ग्राहकहरुले घरभरि इन्टरनेटको गतिमा कुनै परिवर्तन बिना राउटरलाइ सार्न सक्नेछन ।
नयाँ इन्टरनेट सेवा सार्वजनिक कार्यक्रममा बोल्दै वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका अध्यक्ष दिलीप अग्रवालले भने “ हामी विश्वव्यापी इन्टरनेट प्रबिधिको उत्कर्ष सिमामा छौ र हाम्रो घरमा इन्टरनेट को गति निरंतर वढाउनु पर्ने आवश्यकताका साथ साथै अत्याधुनिक उपकरण र प्रबिधि संगै एउटा गुणस्तरीय घरेलू नेटवर्किंग गर्नु पर्ने हुन्छ । घरमा भएका विभन्न उपकरणहरु इन्टरनेटसँग जोडिएका हुन्छन । त्यसैले हामीले नेपालमा पहिलो पटक ३०० एमबिपीएस गितको वर्ल्डलिंक फोटोन सिरिज र यसको साथमा नोकिया बिकन १.१ राउटरको संगै मेष वाई-फाई होम सोलुसन शुरू गरेका छौ । यस्तो गतिको इन्टरनेट उपलब्ध गराउन पाउँदा हामीलाइ गर्व लागेको छ । यी उपकरणहरुको नेटवर्किंग गर्दा घरमा अन्य नेटवर्किंग मापदण्डहरुको जाँच उत्कृष्ट जडान प्रक्रियको माध्यमबाट गरिनेछ। हामीले हाम्रा ग्राहकहरुलाई उनीहरुको घर परिसरमा एक अतुलनीय ब्रॉडब्यान्डको अनुभव दिन सक्छौं भन्ने कुरामा म विश्वस्त छु । अहिले सम्म नेपालको इन्टरनेट सेवामा एक अपूर्ण अंतर थियो। अब वर्ल्डलिंकले ल्याएको उच्च गतिको इन्टरनेट सुलभ मूल्यमा उपलब्ध हुने छ । यसले सबैको घरलाइ स्मार्ट बनाउने छ । अहिले हामीले काठमाण्डौमा फोटोन सेवा प्रदान गर्न हाम्रो नेटवर्क लाई अध्यावधिक गरेका छौं। हामी अन्य शहरहरुमा पनि फोटोन सेवा चाँडै नै शुरू गर्नेछौ । “
वर्ल्डलिंक पहिले नै नेपालको ब्रॉडब्याण्ड क्षेत्रमा आईपीटीभी सेवाको एक प्रमुख आविष्कारक हो । यसले नेटटिभी ब्राणडमा आईपीटीभी सेवा उपलब्ध गराइरहेको छ । वर्ल्डलिंकले मुलुकका ११००० भन्दा बढी स्थानमा वाई-फाई हटस्पट बनाएर सर्वसाधारणलाइ निःशुल्क वायरलेस इन्टरनेट उपलब्ध गराइरहेको छ । यस कम्पनीले कर्णालीजस्ता दुर्गम स्थानमा समेत वायरलेस ब्रॉडब्याण्ड टेक्नोलोजी सेवा पुर्याएको छ ।
सम्बन्धित समाचार
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
बालबालिकाको गोपनियता संकलन गरेको आरोपमा टिकटकलाई ४० करोड डलर जरिवाना
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै ।
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

