Jankari Kendra
९ श्रावण २०८३, शनिबार

कहिले देखि खुल्छ दशैंको अग्रिम टिकट बुकिङ ?

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७८, आश्विन, ३
कहिले देखि खुल्छ दशैंको अग्रिम टिकट बुकिङ ?

काठमाडौं । दशैँका लागि बसको अग्रिम टिकट खुला गर्न यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच सहमति हुन सकेको छैन । विभागले असोज पहिलो सातादेखि नै खुला गर्न आग्रह गरे पनि व्यवसायीहरूले अटेर गरिरहेका छन् ।

विभागले छलफल अघि बढाए पनि खुला गर्ने मिति तय हुन सकेको छैन । विभागका महानिर्देशक नमराज घिमिरेले व्यवसायीसँग छलफल भइरहेको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा खबर छ ।

अग्रिम टिकट खुला गर्ने विषयमा विवाद नरहेको तर तयारीका कारण कहिलेदेखि खुलाउने भन्नेमा व्यवसायीहरूको निर्णय आई नसकेको उनको भनाइ छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले महासङ्घको असोज ६ र ७ गतेको बैठकपछि जानकारी दिइने जनाएको छ ।

युट्युब सट्स