कहिले देखि खुल्छ दशैंको अग्रिम टिकट बुकिङ ?
जानकारी केन्द्र
२०७८, आश्विन, ३
काठमाडौं । दशैँका लागि बसको अग्रिम टिकट खुला गर्न यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच सहमति हुन सकेको छैन । विभागले असोज पहिलो सातादेखि नै खुला गर्न आग्रह गरे पनि व्यवसायीहरूले अटेर गरिरहेका छन् ।
विभागले छलफल अघि बढाए पनि खुला गर्ने मिति तय हुन सकेको छैन । विभागका महानिर्देशक नमराज घिमिरेले व्यवसायीसँग छलफल भइरहेको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा खबर छ ।
अग्रिम टिकट खुला गर्ने विषयमा विवाद नरहेको तर तयारीका कारण कहिलेदेखि खुलाउने भन्नेमा व्यवसायीहरूको निर्णय आई नसकेको उनको भनाइ छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले महासङ्घको असोज ६ र ७ गतेको बैठकपछि जानकारी दिइने जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
