बाबुरामले सेयर गरे ओलीको गिनिज बूक रेकर्ड
जानकारी केन्द्र
२०७८, कार्तिक, ५
काठमाडौं, । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका गिनिज बुक रेकर्ड साझा गरेका छन् । हिजोमात्रै ओलीले गिनिज बुक आधा त आफूहरुले गरेको कामले भरिने अभिव्यक्ति दिएपछि बाबुरामले व्यंग्यात्मक रुपमा चित्रण गरेका छन् ।
उनले ओलीका गिनिज बुक पाँच वटा बुँदामा समेटेर उल्लेख गरेका छन् । बाबुरामले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो लेखेका छन्-“ओलीको गिनिज बूक रेकर्ड=१.२/२पटक असंवैधिक ढंगले संसद विघटन र अदालतबाट पुनर्स्थापना;२.संघमा२/३बहुमतको सरकार र ६वटा प्रदेश सरकार गुमाएर सडकमा;३.सरकारी निवासमा विदेशी गुप्तचरसंग घण्टौं कानेखुसी;४.मुखमा कम्युनिष्ट मनमा ठोरीवाला राम;५.हावादारी गफ र उखानटुक्कामा ताली लाउने अरिंगाल सेना!”
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी र १८.७६ अर्ब खुद बचत
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति