शेयर बजारमा फर्कियो रौनक
आज बुधबार शेयर बजार परिसूचक नेप्सेमा उत्साह फर्किएको छ । यो साता पहिलो कारोबार दिन (सोमबार) घटेको बजार मंगलबारबाट भने बढ्न शुरु भएको हो । यो लय बुधबार समेत कायम रह्यो । आइतबार नेपाल राष्ट्र बैंकले आयात निरुत्साहित गर्ने गरी विभिन्न निर्देशन जारी गरेको थियो । यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको छ ।
मंगलबार ५६.७३ अंकले बढेको शेयर बजार बुधबार भने ९२.१६ अंकले वृद्धि भएको छ । यो ३.८२ प्रतिशतको वृद्धि हो । बजार २५०७.७० अंकमा पुगेको छ । बुधबार कुल २३३ कम्पनीको ५५ हजार ९ सय ९७८ वटा कारोबार भएको छ । यसबाट ८१ लाख ४ हजार ३ सय १९ कित्ता शेयर किनबेच भएको छ । बुधबार कारोबार रकम ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार १ सय ४३ रुपैयाँको भएको छ । बुधबार सबै परिसूचकमा वृद्धि भएको छ । सबैभन्दा बढी व्यापार उपसमूहका लगानीकर्ताले कमाएका छन् ।
बुधबार करिब एक दर्जन कम्पनीको सर्किट लेबलमा कारोबार भएको छ । सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर, बरुण हाइड्रोपावर, माथिल्लो तामाकोशी, शिवम सिमेन्टको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
नेप्से परिसूचकउत्साहजनकरुपमा बढेको दिन आज तीन वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, थप ५ कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको सुधार आएको नेप्सेले जानकारी दिएको छ ।
पछिल्ला केही सातायता निरन्तर घट्दै आएको नेप्से अर्थमन्त्रालय र राष्ट्र बैंकको एक/एक वटा निर्देशपछि उकालो लाग्न थालेको छ । अर्थमन्त्रालयले महालेखा नियन्त्रक र राष्ट्र बैंकलाई स्थानीय तहको बजेटलाई निक्षेपकारुपमा प्रयोग गर्न निर्देशन दिएको थियो । यस्तै, राष्ट्र बैंकले आयात घटाउन लिएको नीतिले समेत बजारलाई सकरात्मक दिशातर्फ धकेलेको हो ।
सम्बन्धित समाचार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
