आफ्नो स्थानीय निकायबाहेकमा ठेक्कापट्टा गर्ने उम्मेदवार बन्न पाउने
काठमाडौं, ७ वैशाख । सर्वोच्च अदालतले ठेक्कापट्टा गर्नेलाई उम्मेदवार बन्न रोक लगाउने फैसला सुनाएको छ । तर, ठेक्कापट्टा आफ्नो स्थानीय निकायबाहेक अन्यत्र गरेको भए उम्मेदवार बन्न पाउने गरी व्याख्या गरेको छ ।
सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले यादव श्रेष्ठले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटमा यस्तो फैसला सुनाएको हो ।
आयोगको ठेक्कापट्टा गर्ने उम्मेदवार हुन नपाउने प्रावधानबारे थप व्याख्या गर्दै फैसला गरेको हो । स्वार्थ बाझिने भनदै ठेक्कापट्टा गर्नेले उम्मेदवार हुन नपाउने यसअघिको प्रावधानमा सर्वोच्चको फैसलाले आयोगको निर्णय संविधान अनुकूल नभएको उल्लेख गरेको छ ।
सर्वोच्चको फैसलामा भनिएको छ,‘ स्थानीय तहको निर्वाचनमा आफ्नो ठेक्का कारोबार भएको स्थानीय तह बाहेकका अन्य स्थानीय तहमा उम्मेदवार हुनबाट नरोक्नु भनी प्रत्यर्थी निर्वाचन आयोगका नाउँमा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ को उपनियम २ को खण्ड क बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।’
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
