देउवाले गठबन्धनका सबै दलका मन्त्री हेरफेर गरेर एकैपटक पुर्नगठन गर्ने
काठमाडौं, २३ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले हाललाई नेकपा एकीकृत समाजवादी पार्टीका मन्त्री फेर्ने कदमलाई रोकेका छन् । बजेट पारित गर्न बाँकी भएकाले उनले अहिलेलाई नेकपा एसका मन्त्रीहरुलाई काम जारी राख्न भनेका छन् ।
देउवाले अब एकै पटक सबै दलका मन्त्रीहरु हेरफेर तथा पुर्नगठन गर्ने बुझिएको छ । उनले नेकपा एसका मात्र नभई आफ्नो दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट पनि मन्त्रीहरु हेरफेर गर्ने विश्वस्त स्रोतले बताएको छ । तर, असार नलागी मन्त्रिपरिषद पुर्नगठन नहुने भएको छ ।
माधवकुमार नेपालले नयाँ मन्त्रीहरुको लिष्ट बालुवाटार पुर्याएपछि जसपा अध्यक्ष उपेन्द्र यादवले पनि देउवासँग छलफल गरेका छन् । जसपाले पनि मन्त्रीहरु हेरफेर गर्ने तयारी बढाएको छ । माओवादी केन्द्रमा पनि केही मन्त्रीहरु हेरफेरको कुरा चलिसकेको छ ।
देउवाले नेपाली काँग्रेसबाट पनि नयाँ अनुहार ल्याउनुपर्ने आवाज पार्टीभित्र उठ्न थालेको छ । केही मन्त्रीहरुको जिम्मेवारी हेरफेरबारे छलफल चलिसकेको छ ।
यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि दुई मन्त्री दिएर सरकारमा समेट्ने प्रयासमा देउवा लागेका छन् । उनले लोसपा अध्यक्ष महन्थ ठाकुरसँग शनिबार भेटेर यसबारे कुरा गरिसकेका छन् ।
अब देउवाले मन्त्रिमण्डल एकैपटक हेरफेर गर्ने बुझिएको छ । अब पुर्नगठन गर्दा गठबन्धनका चारवटै दलको हेरफेर गरिने र लोसपालाई समेत सकेसम्म समेट्ने तयारी भएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
